Friday, 21 April 2023

गजल





















कमल हिलोमा  फुल्छ, त्यो फूललाई पनि स्वीकार 
आफ्नो राम्रो मात्रै हैन, सबै भुललाई पनि स्वीकार। 

बोल्दै नबोल्नु, बोलेपछि आफ्ना सबै कुरा पुरा गर्नु 
बिगतमा गरेका, ती सबै कबुललाई पनि स्वीकार। 

मान्छेको खाली अवगुण मात्रै हैन, गुण पनि हेर्नु पर्छ 
पानी माटोबाट निस्कन्छ, त्यो मूललाई पनि स्वीकार। 

दुई किनारको बिचमा, अवश्य पनि अवरोध हुन्छ 
वारी पारी दुई तिर जोड्ने, पुललाई पनि स्वीकार। 
 
अरु नाता भन्दा आफ्नै रगतको नाता बलियो हुन्छ 
आखिर आफ्नो आफ्नै हो, कुललाई पनि स्वीकार। 

- डा. बच्चु कैलाश कैनी 
शुक्रबार, २१ अप्रिल २०२३ (८ बैसाख २०८०) 
डार्टफोर्ड, बेलायत। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...