Saturday, 12 August 2023

कविता: तिम्रो रुपले म अचेत हुँदा





























तिम्रो सौन्दर्यले 
मलाई भुतुक्कै पार्दा
मेरो मनमा राज गर्दा
म अचेत भएछु 
पुरै डुबी सकेको रहेछु 
बल्ल तल्ल पौडेर 
पाखामा आउँदा देखें  
तिमी पनि पौडेर उत्रेको रहेछौ 
त्यसपछि 
तिम्रो रुप र रंग फेरिएछ 
तिम्रो असली रुप देखिएछ 
त्यो असली रुप देखेर 
म अचेत भएछु 
र, अहिलेसम्म पनि अचेत छु 
थाहा छैन 
म अब उठ्न सक्छु वा सक्दिन। 

-डा. बच्चु कैलाश कैनी 
शनिवार, २७ साउन २०८०  (१२ अगस्त २०२३)
डार्टफोर्ड, बेलायत। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...