Monday, 28 August 2023

मेरा तीन मुक्त्तक

 

























१. 
तिमी नबोल भन्छौ भने, म अब बोल्दिन 
अतितमा जे भएपनि, मेरो मुख खोल्दिन 
मलाई थाहा छ यहाँ, सच्चा प्रेमको मुल्य 
साँच्चै जेसुकै गर, म तिमीलाई पोल्दिन। 

२. 
तिम्रो बचनले यो मनमा चोट लाग्यो 
कहिले नपुरिने  गहिरो खोट लाग्यो 
नफर्कने गरी अरुको साथ लागेपछि  
तिम्रो इच्छा पुरा गर्ने अठोट लाग्यो। 

३. 
उ स्वार्थी रै'छे, मलाई बीच बाटोमा छोडेर गई 
हो जानी जानी, मेरो मन र मुटु दुवै तोडेर गई 
दुवै मिलेर बनाएका थियौ, त्यो सपनाको महल    
रीसको झोंकमा होला, सब कुरा फोडेर गई। 

- डा बच्चु कैलाश कैनी
११ भदौ २०८०, सोमबार (२८ अगष्ट २०२३)
डार्टफोर्ड, बेलयात। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...