Sunday, 10 September 2023

कविता: म भित्रको 'म' वास्तवमा 'म' हो !


कसैलाई नजित्नु 
हार्नु हैन 
मेरो गुण 
मेरो सम्पत्ति हो 
मेरो बुद्धि 
मेरो हैसियत हो 
म भित्रको 'म' 
वास्तवमा 'म' हो।  

कसैसँग कुस्ती नखेल्नु 
कमजोर हुनु हैन 
मेरो शरीर 
मेरो शक्त्ति हो 
मेरो जीवन  
मेरो इच्छा हो 
म भित्रको 'म' 
वास्तवमा 'म' हो।  
 
कसैलाई नेता नमान्नु 
जनता नहुनु हैन 
मेरो आदर्श 
मेरो बिचार हो 
मेरो अभिमत 
मेरो चाहना हो 
म भित्रको 'म' 
वास्तवमा 'म' हो।


- डा बच्चु कैलाश कैनी 
आइतबार, २४ भाद्र २०८० (१० सेप्टेम्बर २०२३)
डार्टफोर्ड, बेलायत।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...