Friday, 10 November 2023

कविता: जय पैसा, जय शक्ति !


उसले मलाई चिन्दैन
उ केवल मेरो समस्या चिन्छ
मैले उसलाई चिन्दिन
उसको शक्त्ति र सानलाई चिन्छु।
हाम्रो बिचमा पैसा थियो
त्यही सम्पर्क सूत्रको माध्यम थियो
मैले चिनेको पैसालाई
उसले पनि चिन्यो
उसले चिनेको पैसालाई
मैले पनि चिनें
हाम्रो कुरा मिल्यो
मेरो पैसा उसको खल्तीमा गयो
मेरो सबै समस्या समाधान भयो ।
हाम्रो सम्पर्क सुत्र बनाउन
न मलाई समस्या भयो
न उसलाई समस्या भयो
पैसा थियो समस्या समाधान भयो।
उसले मेरो जय होस् भन्यो
मैले उसको जय होस् भनें
उसले 'जय पैसा' भन्यो
मैले 'जय शक्ति' भनें
पैसा र शक्तिको लेनदेन भयो
हाम्रो कुरा मिल्यो
दुबैको मन खुसी भयो
थाहा छैन मलाई
मतलब छैन मलाई
अरुको मन के भयो।
- डा. बच्चु कैलाश कैनी
डार्टफोर्ड, बेलायत।
शनिवार, ७ अक्टोबर २०२३ (२० असोज २०८०)

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

Role of Healthcare Managers in Managing the Impact of Climate Change on Healthcare in Nepal

https://zenodo.org/records/15366181 https://doi.org/10.5281/zenodo.15366181