Friday, 22 December 2023

कविता: अर्थ म बुझ्छु

 कविता: अर्थ म बुझ्छु 




















तिमी मुस्कुराउनुको 

अर्थ म बुझ्छु  

तिमी रिसाउनुको 

अर्थ पनि म बुझ्छु 

तिमीले मलाई फर्केर हेर्नुको 

अर्थ म बुझ्छु 

तिमीले मलाई हेर्दै नहेर्नुको 

अर्थ पनि म बुझ्छु

तिमीले मिठो धुन गुन्गुनाउनुको

अर्थ म बुझ्छु

तिमी मौन बस्नुको अ

र्थ पनि म बुझ्छु। 


किनकी, तिमी र म 

एक अर्काको मर्म र कर्म बुझ्ने 

बोल्दै नबोली सबै अर्थ बुझ्ने 

मौनतामा संकेत बुझ्ने 

यता उता जता फर्के पनि 

नजिक वा टाढा जहाँ भए पनि 

उत्तिकै ध्यान खिच्ने 

एउटाले अर्कोलाई मन्त्रमुग्ध पार्ने 

भई सकेका छौ। 


तिमी मेरो हुनुको अर्थ छ

म तिम्रो हुनुको अर्थ छ 

एकले अर्कोलाई बुझेका छौ 

त्यहाँ झन् गहिरो अर्थ छ 

तिमीलाई म र मलाई तिमी नहुँदा 

यहाँ सबै व्यर्थ छ। 


- डा बच्चु कैलाश कैनी 

शुक्रबार, ६ पुष २०८० ( २२ डिसेम्बर २०२३)

डार्टफोर्ड, बेलायत।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...