Sunday, 31 December 2023

गजल: म दुर भएको छु।



आफ्नै देशदेखि आजकल म दुर भएकोछु 

समयसँगै बिदेशमा बस्दा म बेसुर भएकोछु। 


आफ्नै मान्छेको पनि कत्ति याद छैन मलाई 

कामको बोझले गर्दा म एकसुर भएकोछु। 


भनिन्छ समय र नियतीले बदलिन्छ मान्छे 

आजकल आफ्नै बेदनाले म क्रुर भएकोछु। 


लाग्छ मेसिन हुँ म एकनासले सधैं चलिरहने 

पैसाको पछि लाग्ने यहाँ म मजदुर भएकोछु 


यस्तै रहेछ भावीले लेखेको मेरो भाग्य हजूर 

परदेशी यो दुनियाँमा म महसुर भएको छु। 


डा बच्चु कैलाश कैनी 

शनिबार, पुस १४, २०८०

डार्टफोर्ड, बेलायत। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतमा पढ्न जानेले कस्तो विषय रोज्ने?

  बेलायत पढ्न जानेले कस्तो विषय रोज्ने? |Setopati Global Nepali | Nepalese in UK | Study in Uk| Europe बेलायतमा पढ्न जानेले कस्तो विषय रोज्न...