Sunday, 17 March 2019

यात्रा प्रारम्भ र अन्त्य

यात्रा प्रारम्भ र अन्त्य
- डा बच्चु कैलाश कैनी

जब यात्रा शुरु भयो
तब यात्रा अन्त्य हुने बाटो तय भयो
एउटा यात्राको थकाई नमार्दै
अर्को यात्रा प्रारम्भ भयो ।

जीवन यात्राको अनगिन्ती मोडहरुमा
उकाली ओरालीमा
कहिले उकालो चढ्दै
कहिले ओराली झर्दै
कहिले समतल भूमीमा एकनास हिड्दै
कहिले क्षितिज नियाल्दै
मनलाई फुरुङ्ग पार्दै
कहिले थकानमा सुस्केरा हाल्दै
कहिले लौरोको सहारामा
यो जीवन लतार्दै
गन्तब्यमा पुग्ने होडबाजी गर्दै
जीवन चलाउँदै वा चल्दै
यात्राको प्रारम्भ र अन्त्य भएको छ ।

अनगिन्ती यात्राहरुको  संगालोमा
यात्रा प्रारम्भ र अन्त्यको बिचमा
जीवन भोग्नुको बाध्यतामा
आफैलाई सम्हाल्नुको यथार्थमा
कहिले मिठो अनुभूति
कहिले तितो अनुभूती
भनिन्छ अनुभूती मिठो भए प्रेरणा
अनुभूती तितो भए पाठ
यस्तै रहेछ यात्रा
पहिले अन्त्य कहिले शुरुवात
केही प्रेरणा केही पाठ ।

यात्रा प्रेरणा र पाठको संगालो रहेछ
यात्रा न्यानो मायाको अँगालो  रहेछ
यात्रा तितो र मिठोको संगालो रहेछ
यात्रा भय र चुनौतीको भंगालो रहेछ
कसैको लागि यात्रा फूलको थुङ्गा रहेछ
कसैको लागि यात्रा चट्टानको ढुंगा रहेछ 
भावीले जे लेख्यो जस्तो रेखा कोर्यो
आफूले जे सोच्यो जस्तो कर्म गर्यो
प्रारम्भदेखि अन्त्यसम्म
जसले जो भोग्यो जस्तो भोग्यो
 त्यही रहेछ यात्रा ।

यात्रा जारी राख्ने हो भने
जीवन चलाउने हो भने
थकानको कुनै गुञ्जायस छैन
गुनासोको पनि कुनै गुनासो छैन
जीवनको अर्थ सार्थक बनाउने हो भने
गन्तव्यमा पुग्नुको विकल्प छैन
एउटा यात्रा प्रारम्भ भए पछि
अर्थपूर्ण अन्त्यको विकल्प छैन
एउटा यात्रा अन्त्य भएपछि
अर्को यात्रा प्रारम्भ गर्नुको विकल्प छैन  ।

३ चैत २०७५ (१७ मार्च २०१९)
डार्टफोर्ड, बेलायत

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...