Tuesday 22 August 2023

कविता: म पल्टे पनि निदाएको छैन




कहिले म पल्टेको हुन्छु  
तर, सुतेको हुन्न 
कहिले म सुते पनि 
निदाएको हुन्न 
म पल्टे भनेर
षडयन्त्रको जाल नबुन्नु 
म आँखा चिम्ले भनेर 
तिमी यताउता चलखेल नगर्नु 
म निदाए भनेर 
तिमी ढुक्क नहुनु 
दिन वा रात, साँझ वा बिहान 
मेरो चेतनाको दियो बलेकैछ 
र हरपल बल्नेछ
अहिलेलाई यति मात्रै भनुँ 
परेको बेला जस्तोसुकै आहुति दिन 
म तयार छु र रहनेछु। 

- डा. बच्चु कैलाश कैनी
मंगलबार, ४ भदौ २०८० (२२ अगष्ट २०२३)
डार्टफोर्ड, बेलायत।

No comments:

Post a Comment

लघुकथा: बाबु ! कुन बाहुन ?

  लघुकथा डा. बच्चु कैलाश कैनी वैशाख १८, मङ्गलवार ०७:२० 425 SHARES Share Tweet Subscribe ‘बाबु, तपाईं कुन बाहुन ?’ ‘म कुमाई बाहुन बुवा ।’ ‘ए,...