Saturday 26 August 2023

कविता: म उसको अन्धभक्त्त हुँ !


































उ हाम्रो अगुवा थियो 
म उसैको पछि पछि थिएँ  
बाटो उही थियो 
गन्तब्य उही थियो 
पछि थाहा भयो 
उसले बाटो बिराएछ
तरपनि, मैले केही भन्ने हिम्मत गरिन 
अरु कसैले पनि बोल्ने हिम्मत गरेनन 
स्वभाविक थियो 
हामी गन्तव्यमा पुगेनौ 
किनकी, उ पनि गन्तव्यमा पुगेन 
म हराएँ    
मेरो सपना मर्यो 
गन्तब्य फेरियो, कता हो कता पुग्यो  
तरपनि, उ मेरो अगुवा नै हो 
मैले अझै अफसोस मानेका छैनौ 
उसको बारेमा एकशब्द नकारात्मक बोलेको छैन 
मलाई उ प्रति अझै आशा र भरोसा छ 
किनकी म उसको अन्धभक्त्त हुँ। 
 
- डा बच्चु कैलाश कैनी
९ भदौ २०८०, शनिबार (२६ अगष्ट २०२३)
डार्टफोर्ड, बेलयात।  

No comments:

Post a Comment

Addressing Healthcare Inefficiency In Nepal

https://risingnepaldaily.com/news/40853   The Rising Nepal  Fri, 29 March 2024 Share Change Font Sizes: While Nepal has made significant str...