Sunday 1 October 2023

अन्तर्राष्ट्रिय तनहुँ समाज गठन

 

https://dayitwabodh.com/news/khabar/281

अन्तर्राष्ट्रिय तनहुँ समाज गठन


दायित्वबाेध

मूल जन्मथलो तनहुँ रहेर प्रवासमा छरिएर रहेका नेपालीहरुको जुम भेलाले तनहुँ समाज गठन गरेको छ ।

सो भेलाले राजन त्रिपाठीको सभापतित्वमा आठ महादेश वाट आठ उपाध्यक्ष, तिन सचिब, एक कोषाध्यक्ष, दुइ सह-कोषाध्यक्ष सहित संसारको विभिन्न मुलुक वाट तिस सदस्य तथा चौध सल्लाहकार समितिको गठन गरेको छ।

तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले प्रेरित भएर तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको औपचारिक गठन गर्ने निर्णय समेत गरेको छ ।

संसारभर छरिएर रहेका तनहुँ निवासीहरू बिच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिँदै तनहुँको समग्र विकासमा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भूमिका खेल्ने गरी उक्त समाजलाई औपचारिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको छ । 

कार्यक्रममा विदेशमा रहेर तनहुँ र नेपाललाई संसारभर चिनाउन अतुलनीय भूमिका खेल्ने डाक्टर केशव पौडेल, डाक्टर अलिनी पोख्रेल, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङ आदिले सम्बोधन गरेका थिए । भेलामा डाक्टर बच्चु कैलाश कैनी प्रमुख अतिथि रहेका थिए। तनहुँ समाज अमेरिकाका सभापति किरण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको थियो ।



तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन, संयोजकमा राजन त्रिपाठी चयन !

काठमाडौं: तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको छ । विदेशका विभिन्न देशमा बसोबास गर्ने तनहुँबासीहरुको जुमममार्फत भएको भेलाले राजन त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समाज गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ, महासचिवमा रवि चन्द्र भट्टराई चयन हुनु भएको छ ।
त्यस्तै, समाजको उपाध्यक्षमा दीपक खडका, दिनेश जोशी, पर्शुराम अधिकारी, राजन जंग शाही, सुरेन्द्र प्रधान र अनन्त सुवेदी चयन हुनु भएको छ । समाजको सचिवमा रमेश पोख्रेल, सुरेन्द्र लौडारी, पदम गिरी, कोषाध्यक्षमा कपील वाग्ले र सहकोषाध्क्षमा मिरा पौडेल चयन हुनु भएको छ ।
त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा क्रमशः बिनु बस्नेत, शिव गौतम, दीपक महत, गोविन्द अधिकारी, उद्दव जिसी, राज गुरुङ, तेज गुरुङ, सुमन राज नर्हकी, दीपक राना मगर, कृष सुनार, रेश्मा श्रेष्ठ, नवराज विक, मिनराज वाग्ले, सन्तोष रेग्मी, नीता अधिकारी, लीला भट्ट, नारायण श्रेष्ठ, रमेश काप्mले, राम सापकोटा, कुल प्रसाद रेग्मी, विष्णु प्रसाद गिरी, सरिना बानीयाँ बस्नेत, दुर्गा अधिकारी, प्रवीण केसी, प्रकाश राना, बुद्धि कुँवर, रामजीवी पन्थ, सन्तोष काजी थापा, गोविन्द सुवेदी अनील गोदा चयन हुनु भएको छ ।
समाजको सल्लाहकारहरुमा एलीना सुवेदी पोख्रेल, अवीर राज जोशी, डा बच्चु कैलाश कैनी, डिल्ली पौडेल, करिम मिया, केशव पौडेल, मोहन गुरुङ, नारायण घिमिरे, नेम थापा मगर, प्रेमराज महत, रोहित गुरुङ, शुक्र श्रेष्ठ, सुरेन्द्र खडका र टंक पौडेल चयन हुनु भएको छ । समाजलाई आगामी ६ महिनाभित्र पुर्णता दिइसकिने जनाइएको छ ।
जुममार्फत भएको कार्यक्रमम डा. बच्चु कैलाश कैनी, डा.केशव पौडेल, डा.अलिनी पोख्रेल, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङलगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम तनहुँ समाज अमेकिाका सभापति किरण पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित | १३ आश्विन २०८०, शनिबार १०:२०

No comments:

Post a Comment

Addressing Healthcare Inefficiency In Nepal

https://risingnepaldaily.com/news/40853   The Rising Nepal  Fri, 29 March 2024 Share Change Font Sizes: While Nepal has made significant str...