Friday 10 November 2023

कविता: उ आजकल मौन छ !


मैले सोधें 'के छ साथी खबर!'
उ चुप रह्यो
मैले फेरी सोधें 'के छ साथी खबर!'
उ फेरी पनि चुप रह्यो
र, आफ्नो कर्म गरी रह्यो
उसको मौनता रहस्यमय थियो
मेरो प्रश्न सिधा थियो।
उसले बोल्दै नबोली
पारी तर्फ इसारा गर्यो
मैले देखें
त्यहाँ पजेरोबाट ओर्लेका
खादा र मालाले ढाकिएका
नेताको बिचमा
पिडितहरुको भिड थियो
युटुबेहरुको बथान थियो
घाइतेहरु उपचार खोज्दै थिए
चर्केको घरले
भरोसा खोज्दै थियो।
हो, उसको मौनताको अर्थ थियो
कर्म प्रतिको लगाव थियो
र, त्यो दृश्य
देशको प्रतिविम्ब थियो।

No comments:

Post a Comment

Addressing Healthcare Inefficiency In Nepal

https://risingnepaldaily.com/news/40853   The Rising Nepal  Fri, 29 March 2024 Share Change Font Sizes: While Nepal has made significant str...