Friday, 10 November 2023

कविता: उ अन्धो कुर्चीमा छ !


मेरो नजरमा
उनीहरु सबै दौडमा थिए
अघि हुनेले दौड जित्यो
पछि हुनेले मनमनै दौड नजिती
जित्ने उपाय सोच्यो
र, भन्यो मैले पनि जितेकै हो
किनकी मेरो प्रतिस्पर्धा
म सँगै हुने हो
मेरो लागि म नै सर्वेसर्वा हो
मेरो क्षमता मैले नाप्ने हो
अनि भन्यो, मैले जितें
किनकी तपाई म हैन
जसले मलाई जित्न सकोस
उसलाई मतलब छैन
अरुले के भन्छन
सर्वमान्य प्रणालीले के भन्छ
किनकी उसलाई पनि जित्नु थियो
र, उसले आफ्नै तर्कले जित्यो
अरुको नजरमा हारे पनि
हो, उसले जित्यो
र, आज उ अन्धो कुर्चीमा छ।
- डा. बच्चु कैलाश कैनी
डार्टफोर्ड, बेलायत।
आइतबार, २२ अक्टोबर २०२३ (५ कात्तिक २०८०)

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

नेतृत्व नसच्चिने र नयाँलाई प्रतिशोध सांध्ने प्रवृत्ति धेरै टिक्दैन |

  नेतृत्व नसच्चिने र नयाँलाई प्रतिशोध सांध्ने प्रवृत्ति धेरै टिक्दैन | BISHAYANTAR | AP1 HD | GNN HD