Wednesday, 10 January 2024

गजल: मेरो प्रेम कहानी !


























भन्दैछु म आज मेरो प्रेम कहानी
सम्झेर त्यो बेलाको प्रीत र जवानी
अझै मन र मुटुमा ताजा छ मलाई
त्यो तिम्रो काख थियो मेरो सिरानी
जति बोल्यो उति बोल्न मन लाग्ने
रातभर कुरा गर्दा भएन बिहानी
एक अर्कोलाई घोचपेच गर्दा पनि
लाग्दैन थियो मलाई त्यो मानहानी
थाहा भएन बेहोसीमा के के भयो
उति बेला बस्यो मायाको निशानी।
डा बच्चु कैलाश कैनी
शनिबार, पुस १४, २०८०
डार्टफोर्ड, बेलायत।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...