Wednesday, 10 January 2024

गजल: मेरो भर हौ तिमी




















परेको बेला मेरो आड र भर हौ तिमी
मन मुटुमा सजिएको पूर्ण घर हौ तिमी
जति हेर्यो उती असल र राम्री देख्छु
लाग्छ बिकसित सुन्दर शहर हौ तिमी
बर्षौको माया प्रितीले धोको पुगेको छैन
अझैपनि पलपल पाउने रहर हौ तिमी
मेरो मनको उत्साह कसरी प्रकट गरुँ
मन दुख्दापनि खुसीको लहर हौ तिमी
तिम्रो संगत र साथले म सुध्रिएको छु
बिहान बेलुका जप्ने हरिहर हौ तिमी।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...