Thursday, 13 April 2017

कविता: नयाँ वर्ष

'नयाँ वर्ष'
डा. बच्चु कैलाश कैनी
गत वर्ष पनि नयाँ बर्ष आयो
मेरो लागि पनि आयो
तिम्रो लागि पनि आयो
हामी सबैको लागि नयाँ बर्ष आयो
सबैको जीवन शुभकामनाले रंगायो
 हरेक बर्ष झैँ
नयाँ बर्ष आयो अनि गयो ।
त्यही नयाँ बर्ष
 कसैको लागि फलिफाप भयो
जीवनमा उत्साह र उमङ्ग ल्यायो
उनैको लागि चारैतिर खुसियाली छायो
सधै सुखी र खुसी हुने मौका आयो
एकै चोटी चिठ्ठा परे झैँ
उनीहरुलाई नै सफलताको शिखरमा पुर्यायो ।
बिचरा कति अभागीहरुको लागि
खै त्यो बर्ष के भयो के भयो
त्यही नयाँ बर्ष पक्षपाती भएर आयो
त्यही बर्ष कतिको लागि
आपत विपदको बर्ष भयो
आँसुमा डुब्नेहरुको लागि
त्यही नयाँ बर्ष
दु:खको भारी बोकाएर गयो ।
तर पनि नयाँ बर्षको
शुभकामना दिने र लिने
सबैको भलो चिताउने
आशा र भरोसामा बाँच्ने
जीवनमा सधैं सकारात्मक सोच्ने
हाँसोमा हाँसो मिलाउने
आँसुलाई पनि हाँसोले पुछ्ने
मेरो, तिम्रो र हाम्रो जीवन संगै रमाउने
रहर मरेको छैन ।
आशा छ यो बर्ष गत बर्ष झैँ
कसैलाई पक्षपात हुने छैन
कसैलाई कुनै दु:ख पर्ने छैन
कसैको आँसु झर्ने छैन
कसैको पीडा कहीं पोख्नु पर्ने छैन
गत बर्षहरुमा दु:खी हुनेहरु पनि
सधैं खुसी र सुखी भएर बाँच्नेहरुले झैँ
यो नयाँ बर्षमा सबै खुसी र सुखी रहुन्
सधै दु:खसँग केवल सुख
र, सुखसँग पनि सुख मात्रै साटुंन ।
३० चैत्र २०७३ (१२ अप्रिल २०१७)
लन्डन, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...