Friday, 18 August 2017

अस्थायी मन

अस्थायी मन

अस्थायी मन

डा. बच्चु कैलाश कैनी
वीनेपली डट कम मा प्रकाशित प्रकाशित मिति:२०७४ असार २९ गते २०:५६
कविता

आज एउटा लाग्ने कुरा
भोलि अर्कै लाग्ने
मनमा आउने कुरा
आउने र जाने
यहाँ कुनै कुरा स्थायी नहुने ।

मन त मन नै हो
मनले जित्यो स्वामित्व लिने
मन फेरी मोडिन बेर नलाग्ने
मनमा कहिले के लाग्ने कहिले के जाग्ने
यहाँ कुनै कुरा स्थायी नहुने ।

अहिले जे सोचें, देखें र भोगें
आजको लागि त्यही स्थायी लाग्ने
भोलि त कसलाई के थाहा छ र
भोलिको रहर के हो जाग्ने ?
यहाँ कुनै कुरा स्थायी नहुने ।

परिवर्तन त प्रकृतिको नियम हो
मन र रुप दुवै परिवर्तन हुने
फूलेको फूल झरेर जाने
हरियो पात सुकेर जाने
यहाँ कुनै कुरा स्थायी नहुने ।

मन त परिवेशको प्रतिफल हो
कहिले कता दौडने कहिले कता बग्ने
समयले जता लग्यो उतै जाने
मन पनि परिवेशको परिवन्दमा पर्ने
क्षण क्षणमा यो मन परिवर्तन हुने
त्यसैले, यहाँ कुनै कुरा स्थायी नहुने ।

 जूलाई २०१७ (आषाढ २५, २०७४)
लन्डन, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...