कस्तो हुन्छ खोक्रो र पोटिलो राष्ट्रवाद?'
भनिन्छ नेपालीहरु राष्ट्रवाद
र राष्ट्रियताको सवालमा
धेरै नै सजग र सचेत छन् । यो केही हदसम्म सत्य पनि होला ! मेरो बिचारमा हरेक देशका मानिस आफ्नो देश र आफ्नो जन्मभूमीलाई असाध्यै
माया गर्छन । यो स्वभाविक पनि हो । जर्ज बर्नार्ड शले एक पटक भनेका थिएँ, 'राष्ट्रवाद भनेको आफू जन्मेको देश नै विश्वको सर्वोकृष्ट देश हो भन्ने मान्यता राख्नु हो ।'
राष्ट्रवाद देशप्रेमको
भावना हो । आफू जन्मेको, पढेको,
बढेको, हुर्केको वा बसेको राष्ट्र फरक फरक पनि हुन सक्छ । यी मध्ये कुनै एक वा सबै राष्ट्रहरुलाई
पनि माया गर्न सकिन्छ । कुनै बिशेष काम वा कारणले एउटा देशमा बसे पनि अर्को देशलाई माया गर्न सकिन्छ ।
बिशेष गरी आफू जन्मेको देश, आफ्नो माटो, आफ्नो संस्कृति, समाज र परिवेश प्रति जुन किसिमको लगाव हुन्छ, त्यो राष्ट्रवाद कै कारणले हुन्छ । कसैले मुखले जाहेर गरे वा नगरे पनि, कहीं कतै ब्यक्त गरे पनि वा नगरे पनि कुनै राष्ट्रप्रति
लगाव राख्छ वा कुनै मुलुकलाई असिम माया गर्छ भने त्यो राष्ट्रवाद हो ।
राष्ट्रियता भनेको
पहिचान हो । अर्थात, कुनै राष्ट्रसँग आबद्ध हुनु वा कुनै राष्ट्रको नागरिक
हुनु पनि राष्ट्रियता नै हो । राष्ट्रियता भनेको आफ्नो राष्ट्र प्रतिको लगाव हो । कानूनी रुपमा नागरिकताको प्रमाणपत्र
वा राहादानी मार्फत राष्ट्रियताको पहिचान हुन्छ
। तर, कसैको नागरिकता नभएको कारण राष्ट्रियता नै हुँदैन भन्ने पनि हैन । अहिले पनि कुनै नै कुनै कारणले कतिपय नेपालीको हातमा नागरिकताको प्रमाणपत्र
छैन । त्यसो भन्दैमा उनीहरु नेपाली
हैनन् भन्न मिल्दैन ।
नागरिकताको प्रमाणपत्र
त एउटा कानूनी कागज हो । जसले कुनै मुलुकमा काम गर्ने, बसोबास
गर्ने वा अरु कुनै कानूनी आधार दिन्छ, जसले त्यो कागज प्राप्त गर्ने
मानिसको हक र अधिकार सुरक्षित गर्छ । राष्ट्रियता र नागरिकता सम्बन्धित कुरा भए पनि फरक फरक कुरा हुन् । नागरिकता प्राप्त गर्ने हरेक मुलुकमा आ-आफ्नै आधार र योग्यता हुन्छन । कुनै मुलुकको लागि कोही उक्त देशमा जन्मने बित्तिकै
नागरिकता उपलब्ध हुन्छ
भने कुनै मुलुकमा हुँदैन ।
गैर नेपाली नागरिकहरु नेपालमा बसे भने कानूनी
रुपमा आवश्यक पर्ने
बाहेक कुनै कुरामा नागरिकता छ वा छैन कसैले सोध्ने गर्छ ? त्यस्तै मेरो नातागोता, इष्टमित्र, साथीभाई
र मेरा शुभचिन्तकहरुलाई
मेरो नागरिकता वा मसँग हुने कुनै कागजी प्रमाणले मलाई माया गर्ने वा नगर्ने वा मलाई देखाउने सद्भावमा कुनै कमि हुन्न ।
के राष्ट्रभक्तिको
लागि वा राष्ट्रवादको
लागि उक्त देशको नागरिक हुनु जरुरी हुन्छ ? मेरो बिचारमा पर्दैन । बिशेष गरी लाखौ गैर नेपाली नागरिकहरु जो अहिले बिदेशमा काम बसोबास गरिरहेका छन्, उनीहरु नेपालको हरेक दु:ख वा सुखमा सहभागी भएका छन् । बिदेशमा बसेर पनि नेपाल प्रतिको आफ्नो कर्तब्य पुरा गरेका छन् । नेपालमा नै जन्मेर उतै हुर्केर, बढेर, पढेर वा केही अनुभव लिएर अहिले बिदेशमा बस्ने
नेपाली वा नेपाली मूलका नेपालीहरुको नेपाल
प्रतिको माया, स्नेह, लगाव र प्रतिबद्ता कुनै नेपाली (जो अहिले नेपालमा नै छ) को भन्दा कुनै कमि छैन !
मैले यदाकदा सुन्ने गरेको छु बिसेशमा बस्नेहरु
राष्ट्रघाती हुन् । कसैको बिचारमा बिदेशमा बस्नेहरुले नेपाल प्रति देखावटी माया गर्छन
। यो कुरा सत्य हैन । माया मापन गर्ने र राष्ट्रप्रेम मापन गर्ने कुनै यन्त्र छैन ।
तरपनि बिदेशमा बस्ने नेपाली सबैलाई थाहा छ, गैर नेपाली नागरिकहरु बिदेशमा बसेर कति
धेरै नेपाललाई माया गर्छन । यो कुरा उनीहरुले नेपालको सुख वा दु:खमा सहभागी हुने ब्यबहारले
दर्शाएको छ ।
चाहे भुकम्पको पीडामा सहयोग गर्न होस् वा बाढी पैरोको चपेटामा परेकाको
लागि केही मद्धत गर्न नै किन नहोस, वा नाकाबन्दीको बिरुद्ध आवाज उठाउनको लागि नै होस गैर नेपाली नागरिकहरुले
खेलेको महत्वपूर्ण भूमिकालाई
कसैले नकार्न सक्दैन
। मेरो बिचारमा यो पनि राष्ट्रवादको
एउटा नमूना हो । त्यसैले पनि राष्ट्रवाद कागजमा मात्रै
हैन मनमा हुन्छ, दिमागमा हुन्छ र मुटूमा हुन्छ ।
नागरिकताको प्रचलन
नेपालमा कहिले देखि शुरु भयो मलाई थाहा छैन, तर पनि यो आधुनिक पुर्खाझारुको साथमा
नागरिकताको कागज नहुँदा पनि नेपाल र नेपाली प्रतिको मायामा
कुनै कमि थिएन । न त उनीहरुले आफ्नो देश प्रति पुरा गर्नु पर्ने कुनै कर्तव्यमा कमि गरे |
नेपालमा बसेर पनि आफ्नो देश र समाजको वास्ता नगर्ने वा आफ्नो देश प्रतिको कर्तब्य
र अधिकारको कुनै ख्याल नगर्ने मानिस
छैनन् ? सधैं अरुको मात्रै मुख ताक्ने, अरुलाई मात्रै गलत देख्ने तर समाज र देशप्रति आफ्नो जिम्मेवारी र कर्तब्य भुल्ने नेपालीहरुको समूह पनि कम छैन नेपालमा । मेरो बिचारमा राष्ट्र भक्ति
मुखमा हैन, मनमा हुनु पर्छ । कागजमा हैन, दिल र दिमागमा हुनु पर्छ ।
अहिलेको बिश्वब्यापीकरणको जमानामा कुनै मुलुकको नागरिक अर्को
मुलुकमा बसोबास गर्नु
वा काम गर्नु सामान्य कुरा हो । र, त्यो सन्दर्भमा काम र बसोबास सहज गर्नको लागि उक्त मुलुकको स्थायी बसोबास प्रमाण
पत्र लिनु वा नागरिकता लिने प्रचलन पनि छ । कसैले त्यसो गर्यो भन्दैमा उसले आफ्नो जन्मभूमी प्रतिको कर्तब्य
पुरा नगर्ने वा आफ्नो जन्मभूमी प्रतिको
माया कम गर्छ नै भन्ने पनि छैन ।
मलाई लाग्छ, आफू जन्मेको देश र आफ्नो जन्मभूमि सबैको लागि प्रिय हुन्छ । मलाई मात्रै हैन कसैलाई पनि अनुभव छैन स्वर्ग कस्तो हुन्छ ? तर मैले सुनेको बर्णन अनुसार नेपाल
स्वर्गको एउटा टुक्रा नै हो । कसैले देशलाई माया नगरे पनि नेपालको प्रकृति, नेपालीहरुको गुण जस्तै आतिथ्य सत्कार,
मिठो मुस्कान आदिको
तारिफ विश्वका हरेक मानिसले गर्छन र त्यसैले पनि नेपालको माया सबैले गर्छन । नेपाली हुनुमा र नेपाली भूमीमा जन्मनुमा जति गर्व मलाई
छ त्यति धेरै गर्व मलाई अरु कुनै कुरामा पनि छैन ।
आजकल नेपालमा मात्रै हैन, धेरै देशहरुमा राष्ट्रवाद र राष्ट्रियताको चर्चा चर्को रुपमा चलेको छ । राजनीतिमा लोकप्रिय हुनको लागि, रैथानिया मतदाता आकर्षित गर्नको
लागि वा अरु धेरै कारणहरुले पनि यूरोप र अमेरिका तिर यसको चर्चा चलेको छ । यसैको केही न केही प्रभावले नै बेलायतमा ब्रेक्जीटको पक्षमा
जनमत देखिनु र अमेरिकामा डोनाल्ड ट्रंपको
बिजय भएको निष्कर्ष केहीले निकालेका छन् ।
बिदेशमा बस्ने
लाखौँ नेपालीहरु जहाँ बसे पनि जे गरे पनि नेपाललाई असाध्यै माया गर्छन । नेपाली
भएकोमा गर्व गर्छन । नेपाल प्रति कुनै न कुनै रुपमा आफ्नो कर्तब्य पुरा गर्दै राष्ट्रप्रेम
झल्काउँछन् । त्यसैले पनि म भन्छु राष्ट्रप्रेम मन, दिल र मुटूमा हुन्छ । राष्ट्रप्रेम हरेकको भावनामा हुन्छ र ब्यबहारमा झल्कन्छ ।
(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, ग्रीनवीच स्कुल अफ म्यानेजमेन्ट, लण्डनमा स्वास्थ्य ब्यबस्थापनको एसोशिएट लेक्चरर र एनआरएन यूकेको सल्लाहकार छन् ।)
No comments:
Post a Comment