Saturday, 28 October 2017

राजनीति: सत्ताको लागि कि परिवर्तनको लागि ?


राजनीति: सत्ताको लागि कि परिवर्तनको लागि ?
राजनीति: सत्ताको लागि कि परिवर्तनको लागि ?

-    डा. बच्चु कैलाश कैनी


नेपालको अहिलेको राजनीतिक अवस्था हेर्ने हो भने सर्वसाधारण मान्छेहरु राजनीति केका लागि भन्ने प्रश्न उठाउन थालेका छन् यो स्वाभाविक पनि किनकि सबै जसो राजनीतिक दलहरु जसरी पनि सत्ता प्राप्त गर्ने सरकार चलाउने ध्यानमा छन् राजनीति गर्नेहरुका लागि सत्तामा पुगे पछि मात्रै आफ्नो नीति, कार्यक्रम विचार लागु गर्ने अवसर मिल्छ तसर्थ पनि चुनाव जित्नु, सरकार चलाउनु आफ्नो नीति कार्यक्रममा उल्लेख भएका काम गर्नु सबै राजनीतिक दलहरुको मुख्य लक्ष्य हुन्छ

राजनीतिमा सबै भन्दा ठूलो भूमिका राजनीतिक बिचार नीतिको हुन्छ बिचारले राजनीतिक दललाई मार्गनिर्देश गर्छ  नीतिले राजनीतिक बिचारलाई परिवर्तनको लागि, देश विकासको लागि आर्थिक क्रान्तिको लागि मार्ग निर्देश गर्छ अनि राजनीतिक दलका नीति कार्यक्रम नै देश विकासका लिखित आधार प्रतिबद्धता पनि हुन् त्यसैले राजनीतिक दलहरुको लागि कार्यकर्ता जनता आफ्नो दल तिर आकर्षित गर्ने सबै भन्दा धेरै मत पाउनको लागि मुख्य दुइ वटा कुराहरु हुन्छन - नेतृत्व नीति तथा कार्यक्रम

देशमा समस्याका चाङ्ग छन् बेरोजगारी ब्याप्त ठूला ठुला आयोजनाहरु अलपत्र छन् भ्रष्टाचार जताततै देख्न सकिन्छ देशमा दलालहरुको जगजगी नै यस्ता समस्याहरुको सूचि थप्दै जाने हो भने धेरै लामो हुन्छ यो लेख यी सबै समस्याहरु समाधान गर्नको लागि उचित नीति तथा कार्यक्रम ती कार्यक्रम लागु गर्नको लागि सबल राजनीतिक नेतृत्वको आवश्यकता पर्दछ

त्यसो भए के नेपालका सबै राजनीतिक दलहरु देश जनताको लागि आर्थिक, सामाजिक राजनीतिक परिवर्तन हुने नीति कार्यक्रम बनाउन ब्यस्त छन् अहिले ? के सबै राजनीतिक दलहरु, तिनका नेता तथा कार्यकर्ताहरु आफ्नो दलको लागि सक्षम, सबल कुशल नेतृत्व चयन गर्नको लागि कहिलै ध्यान दिन्छन ? सरसर्ती भन्दा यी दुवै प्रश्नका उत्तरहरु सकारात्मक आउंदैनन

अहिले सबै दलका नेताहरु राजनीतिक गठबन्धनको लागि, जे जस्ता भए पनि दलमा कार्यकर्ता आकर्षित गर्न राम्रा भन्दा हाम्रा लाई चुनावमा टिकट दिन चुनाव जिताउन ब्यस्त छन्   यहाँ कसैलाई जनताको मन जित्ने घोषणा पत्र बनाउन, नीति तथा कार्यक्रम बनाउन कुनै समय , त्यसको लागि अनुसन्धान गर्न बिज्ञासंग परामर्श गर्न नै समय





अहिलेको अवस्था भनेको सत्ताको लागि जे जसरी पनि चुनाव जित्ने हो । जव जे जसरी पनि चुनाव जित्ने भन्ने कुरा आउँछ, तब पैसाको चलखेल हुन्छ, चुनावमा गुण्डाहरुको  भूमिका हुन्छ, भ्रष्ट र बेइमानहरु अग्रसर हुन्छन । अनि त्यसरी चुनाव जिते पछि उनीहरु आफ्नो सावाँ र ब्याज असुल्न तल्लिन हुन्छन । राजनीतिक नेतृत्व पनि स्वार्थको पछाडी लाग्नु पर्ने हुन्छ । अनि देश विकास गर्न, जनताहरुको समस्या हल गर्न र आर्थिक क्रान्ति गर्नु भन्दा दल, कार्यकर्ता र आफ्नो स्वार्थ अनुसारको काम गर्न राजनीतिक नेतृत्व लाग्नु पर्ने हुन्छ ।

राजनीति सत्ता हाक्नको लागि हो । तर, सत्ता त आमुल परिवर्तनको लागि, देश विकास गर्नको लागि र आर्थिक क्रान्तिको लागि चलाउनु पर्दछ,  न कि दलगत र व्यक्तिगत स्वार्थका लागि । राजनीतिमा सत्ता र सरकार भनेको माध्यम मात्रै हुन् । राजनीतिको अन्तिम लक्ष्य भनेको जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्नु, जनताको समस्याहरु हल गर्नु र देश विकास गर्नु हो । त्यो पनि जनताको मन जितेर, जनताको लागि आफ्नो समय समर्पण गरेर र निस्वार्थ काम गरेर ।

राजनीति परिवर्तनका लागि पनि हो । राजनीति निस्वार्थ रुपमा आफ्नो लागि, परिवारको लागि, समाजको लागि, देशको लागि अर्थात सबैको लागि गर्ने हो । विश्वमा जति पनि आमूल र जनाताको पक्षमा परिवर्तन भएका छन् सबै दरो राजनीतिक इच्छा शक्ति, समर्पण, त्याग, बलिदान र सबल नेतृत्वले भएका छन् । नकि कुनै अपवित्र गठबन्दन, राजनीतिक चलखेल र सत्ता केन्द्रित चुनावी खेलले ।  अहिलेको नेपालका अधिकांश राजनीतिक दलको अवस्था भनेको स्वार्थका लागि, केवल चुनाव जित्न र आफ्नो हात जगन्नाथ गर्नको लागि नै सबै राजनीतिक शक्ति र सामर्थ्य केन्द्रित भएका छन् ।

अहिले नेपालमा सत्ता हाँकेर दलगत व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरुको झुण्ड राजनीतिमा आकर्षित भएको छ राजनीतिमा सत्ता प्राप्ति गर्ने जनताको समस्या हल गर्न, आर्थिक क्रान्ति गर्न ठूलो सामाजिक, राजनीतिक आर्थिक परिवर्तन गर्नु भन्दा ठूलो प्राथमिकता दलगत स्वार्थ व्यक्तिगत स्वार्थलाई दिएको हुनाले पनि  राजनीति के का लागि भन्ने प्रश्न उठ्नु स्वभाभिक पनि हो  

राजनीति राज्य संचालनको लागि सबैको लागि मार्गदर्शन हो । जनप्रतिनिधि जनताको मताधिकार मार्फत शक्ति र अधिकार प्राप्त गर्छन र  देश संचालन गर्छन । त्यसैले लोकतन्त्रमा राज्यको सबै अधिकार र शक्तिको श्रोत जनता नै हुन् । जनता भनेको म, तपाई र हामी सबै हो । हामी सबै असल र योग्य हुने हो भने मात्रै हामी असल जनप्रतिनिधि छान्न सक्छौ । आफू कत्तिको असल र योग्य हुने भन्ने कुरा हामी र हाम्रो ब्यबहारमा पनि फरक पर्ने कुरा हो । सबैभन्दा पहिला हरेक व्यक्तिमा राजनीतिक, सामाजिक र आर्थिक चेतना आउनु जरुरी छ । त्यसका लागि राज्यको भूमिका मात्रै हैन, व्यक्ति, परिवार र हाम्रो समाज सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।  अन्त्यमा, आफू भलो त जगत भलो ।

कुनै पनि देशको राजनीतिक ब्यबस्था र नेतृत्व सफल हुने हो भने त्यो देश सजिलै बिकास हुन्छ । आर्थिक बिकास हुन्छ । सामाजिक र राजनीतिक चेतनाको पनि बिकास हुन्छ । फलस्वरूप, हरेक व्यक्ति र समाजको पनि स्वत: उन्नति र प्रगति हुन्छ । व्यक्ति र समाजको उन्नतिको लागि राज्यको भूमिका निकै ठूलो हुन्छ । कोही आफू जति अग्रसर भए पनि देशमा राम्रो शिक्षा, स्वास्थ्य, पूर्वाधार, बाटोघाटो, यातायात आदिको ब्यबस्था छैन भने खासै ठूलो उन्नति र प्रगति गर्न सक्ने अवस्था हुँदैन । त्यसैले पनि कुनै व्यक्ति, परिवार र समाजको उन्नति र प्रगतिको लागि सफल राजनीतिक ब्यबस्था, कुशल राजनीतिक नेतृत्व र प्रभावकारी राज्यसंयन्त्रको जरुरत हुन्छ । अनि मात्रै हरेक व्यक्ति, परिवार र समाजलाई प्रगति र उन्नति गर्ने असवर दिन सकिन्छ ।

तर जे भने पनि अन्त्यमा त्यही कुरा आउँछ, लोकतन्त्रमा जनताको शक्ति । देश संचालन सरकारले गर्ने हो । नीति नियम बनाउने र देश चलाउने नेता छान्ने जनप्रतिनिधिले हो । र, ती जनप्रतिनिधिहरु तपाई हामीले नै छान्ने हो । लोकतन्त्रमा जनताको मताधिकार राम्रोसँग विवेकपूर्ण ढंगले प्रयोग हुन सकेन भने देश मात्रै बर्बाद हुँदैन, हामी  जनता र हाम्रा भावी पुस्ता पनि बर्वाद हुन्छौ । त्यसैले देश विकासको लागि र नेपालको आर्थिक क्रान्तिको लागि सबल, कुशल र योग्य जनप्रतिनिधि छान्नु जरुरी छ । अनि मात्रै, राजनीति सत्ताको लागि मात्रै हैन परिवर्तनको लागि पनि हुन्छ ।

(लेखक, बेलायतको डार्टफोर्ड काउन्सिलको काउन्सिलर हुन्उनी बेलायतको गत आम निर्वाचनमा लेबर पार्टीको तर्फबाट डार्टफोर्ड  निर्वाचन क्षेत्रको सांसदको उम्मेदवार थिए ।)


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...