Tuesday, 26 December 2017

आभारी र धन्य छु म .....


आभारी र धन्य छु म .....



आभारी र धन्य छु म .....
- डा. बच्चु कैलाश कैनी

भर्खरै करिव तीन हप्ताको लागि नेपाल गएँ मेरा बाल सखी, आफन्त इष्टमित्र सबैसंग भेट भयो पुरानो दिनको याद आयो मेरो गाउँको घरमा झन्डै एक हप्ता बसें मामाघर गएँ मैले खेलेको, हुर्केको कुँदेको गाउँ पाखा फेरी डुल्ने मौका मिल्यो मेरो घर माथिको उही ढुंगे धाराको पानी बिना कुनै प्रसोधन पिउने अवसर मिल्यो मेरॊ पुरानो स्कुल समेत गएँ मेरो बाल्यकाल सम्झाउने गरी उहीं चौतारोमा बसेर चिसो हावा खाने मौका पनि मिल्यो

नेपाल गएको बेला मेरो गाउँ कमलबारी मैले पहिले करिव दश बर्ष काम गरेको संस्था शहिद गंगालाल अस्पताल जसरी पनि जानु पर्छ मलाई   हैन भने मेरो नेपाल यात्रा अधुरो अपुरो हुन्छ त्यसका केही कारणहरु छन् करीव अठार बर्षको उमेरसम्म मैले मेरो गाउँमा बिताएँ मेरो गाउँको जीवन जसरी बित्यो सबै यादगार छन् त्यही गाउँमा जन्मे, हुर्कें, बढें पढें जति समय त्यो गाउँमा मैले बिताएँ त्यत्ति नै मलाई त्यो माटो, हावापानी, गाउँ, स्कुल, पाखा पखेरो प्रति मैले केही गर्नु पर्छ भन्ने भावना जागृत भयो मैले सोचें यी सबै प्रति ऋणी छु कुनै नै कुनै दिन मैले यो गाउँ, पाखा पखेरा को ऋण तिर्नु पर्छ

आज जे छु, जहाँ छु त्यो अवस्था सम्म ल्याउन मेरो गाउँ, स्कुल मेरा अभिभावकको ठूलो भूमिका त्यसैले मेरो गाउँ, स्कुल मेरा मातापिता प्रति म धन्य, आभारी र  ऋणी छु मेरो बा आमा दुवै यो संसारमा हुनु हुन्नकरिव तीन दशक भयो मैले उहाँहरुलाई गुमाएकोतथापि मैले उहाँहरुको सम्झना सम्मानमा मैले गर्नु पर्ने धेरै कामहरु छन्

शहिद गंगालाल अस्पतालको पहिलो कर्माचारी मात्रै हैन, दश बर्ष जति प्रशासकीय प्रमुखको रुपमा काम गरें छालाको थुप्रोले भरिएको पुरानो बाँसबारी छाला जुत्त्ता  कारखानाको हातालाई अस्पताल बनाउनको लागि मैले धेरै पसिना बगाएको छु साथै, मलाई आज एउटा अस्पताल ब्यबस्थापन बिज्ञको रुपमा स्थापित गराउन पनि त्यो अस्पतालको ठूलो हात त्यसैले पनि उक्त अस्पतालसंग मेरो ठूलो भावानात्मक सम्बन्ध

दुई तर्फी रुपमा हेर्ने हो भने मैले जति त्यो अस्पतालको लागि काम दु: गरें, त्यति नै मैले त्यो अस्पतालबाट पाएँ पनि त्यसैले पनि शहिद गंगालाल मुटुरोग अस्पताल प्रति धेरै नै आभारी छु त्यत्तिकै ऋणी पनि त्यो अस्पताल मात्रै हैन, मैले अहिलेसम्म काम गरेका अरु पनि संस्था कार्यालयहरु प्रति पनि धन्य आभारी छु

करीव बाह्र  बर्ष भएछ नेपाल छोडेर विदेश बसाई सराई गरेको यो अवधि लामो मान्ने वा नमान्ने धेरै कुरामा भर पर्छ मलाई भने यो अवधि लामो लागेको मैले बेलायतमा आएर धेरै काम गरें धेरै ज्ञान, सीप, अनुभव दक्षता हासिल गरें त्यसो मैले नेपालमा सिकेको ज्ञान, सीप अनुभवकै आधारमा नै यहाँ थप कुरा सिक्ने मौका पाएको हुँ झन्डै आधा उमेर नेपालमा बिताएँ, उतै काम गरें धेरै कुरा जान्ने बुझ्ने मौका पाएँ त्यसैले पनि नेपाल प्रति धन्य, आभारी ऋणी छु

बेलायतमा बस्छु मेरो परिवार पनि यहीं मेरा छोरा छोरी यहिँ हुर्के, बढे पढ्दै छन्।  मेरी पत्नी यहीं काम गर्छौ बेलायतले मलाई काम, नाम दाम सबै दिएको त्यसैले बेलायतमा बस्ने समाज   बेलायत प्रति पनि आभारी र धन्य हुनु पर्छ यो देश समाज प्रति पनि उत्तिकै ऋणी छु

यो लेख नेपाल भ्रमणको सन्दर्भमा लेखिएको हुनाले बेलायती समाज बेलायत प्रतिको मेरो कर्तव्यको बारेमा यो लेखमा धेरै बर्णन हुन सकेन त्यसको अर्थ हैन की आफू आफ्नो परिवार बस्ने, काम गर्ने जीवन बिताउने समाज प्रति गम्भीर छैन अहिले मेरो कर्तब्य यही समाज प्रति नै बढी

सबैको जीवनमा परिवार प्रति, समाज प्रति, जन्मभूमि कर्मभूमि प्रति गर्नु पर्ने धेरै कर्तब्य हरु हुन्छन हामी हाम्रो अधिकार प्रति जति सचेत छौ त्यत्तिकै आफ्नो कर्तब्य पनि सचेत हुनु जरुरी कुनै समाज देश प्रति आभारी भएर मात्रै पुग्दैन, त्यही अनुसार कर्तब्य बोध हुनु कर्तव्यको पालना गर्नु पनि नितान्त जरुरी जन्मभूमी आफू हुर्के, बढे, पढेको समाज प्रति केही गर्न, कर्तब्यपालना गर्न ऋण तिर्न जन्मभूमी वा आफ्नो समाजमा नै फर्कनु पर्छ भन्ने छैन फर्कन सके राम्रो

आफ्नो जन्मभूमी प्रतिको माया उतै फर्कने सन्दर्भमा एकजना साहित्यकार मुनिया खानले भनेकी थिइन्, 'तिम्रो त्यो भूमी सधैं त्यहीं , ... तिमी हो फर्केर आउने '  उनले भने जस्तै त्यो भूमी हामीलाई पर्खेर बसेको , हामी हो त्यहाँ जाने

अन्त्यमा, माथि उल्लेख गरिएका धन्य र आभारी हुने कुराहरु त प्रतिनिधिमुलक कुरा मात्रै हुन जीवनमा हरेक पल र दिन अरुको साथ, सहयोग र सद्भाव चाहिन्छ त्यसैको लागि पनि अरु प्रति धन्य र आभारी हुनु जरुरी छ अरु प्रति आभारी हुनु वा धन्य हुनु कसैलाई सम्मान देखाउनु पनि हो यो पनि सकारात्मक जीवन जिउने वा अरु प्रति सकारात्मक हुने कला हो त्यति मात्रै हैन अरु केही नकारात्मक कुरा जसले आफ्नो जीवनमा सकारात्मक परिणाम ल्याएकोछ, त्यस्तो कुरा प्रति पनि धन्य हुन सक्नु पर्दछ जीवनमा सबै कुराबाट सधै सकारात्मक परिणाम नआए पनि केही केही पाठ सिक्ने अवसर भने पक्कै मिल्छ त्यसैले भनिन्छ जीवन एउटा पाठशाला हो हामी सधै बिधार्थी हौ


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...