व्यस्त मानिसको विवश जिन्दगी
ब्यस्त मानिसको विवश जिन्दगी !
- डा. बच्चु कैलाश कैनी
'ब्यस्त मानिसको
विवश जिन्दगी
वा, विवश मानिसको
ब्यस्त जिन्दगी
इतिहासभित्रको
मानिस हो जिन्दगी
वा, मानिसभित्रको
इतिहास हो जिन्दगी
कति कठिन छ
?
जिन्दगीको परिभाषा
बुझ्न .... '
माथिका
हरफहरु २०४७ फागुनको 'मधुपर्क' मा प्रकाशित मेरो कविता 'जिन्दगी' बाट साभार गरिएका
हुन् । करिव २७ वर्ष पछि आज पनि मेरो मनमा ब्यस्त जिन्दगीको बारेमा त्यस्तै अनुभूतीहरु
छन् । त्यसैले त्यही विषयवस्तुमा एउटा लेख लेख्ने जमर्को गर्दैछु ।
यस्तो
लाग्छ आजकलका मानिसहरु सबै ब्यस्त छन्। परिवारमा सबै आ-आफ्नो जिम्मेवारी र काममा ब्यस्त
हुन्छन । अहिलेको समाज निकै व्यस्त छ । यहाँ आफू र आफ्नो परिवारको भन्दा अरु कसैको
वास्ता छैन । सबैलाई हतार छ । कामको हतार, पैसा कमाउने हतार, देखाउने हतार, सुनाउने
हतार, अरु त्यस्तै धेरै कुराको हतार ।
भौतिकवादी
समाज, इच्छा र आकांक्षाको भारी, परिवार र समाज प्रतिको कर्तब्यपालना, ब्यबसाय वा पेशाले
माग्ने समय आदि धेरै कारणहरु छन् जसले आजको मानिसलाई निकै ब्यस्त बनाएको छ । कोही आफ्नो
लागि ब्यस्त, कोही परिवारको लागि ब्यस्त त कोही समाजको लागि ब्यस्त । कोही हातमुख जोर्नको
लागि ब्यस्त त कोही धन सम्पति थुपार्नको लागि ब्यस्त ।
कोही साँच्चै काममा ब्यस्त त कोही अरुलाई देखाउनको लागि ब्यस्त । ब्यस्त हुनु कसैको रहर होला, कसैलेको बाध्यता होला त कसको सोख पनि होला । आजको यो सूचना, प्रविधी, प्रतिस्पर्धा र विश्वब्यपिकरणको यूगमा अधिकांश हामी कुनै न कुनै रुपमा र कुनै न कुनै काममा ब्यस्त छौ ।
कोही साँच्चै काममा ब्यस्त त कोही अरुलाई देखाउनको लागि ब्यस्त । ब्यस्त हुनु कसैको रहर होला, कसैलेको बाध्यता होला त कसको सोख पनि होला । आजको यो सूचना, प्रविधी, प्रतिस्पर्धा र विश्वब्यपिकरणको यूगमा अधिकांश हामी कुनै न कुनै रुपमा र कुनै न कुनै काममा ब्यस्त छौ ।
हामी
धन आर्जन गर्छौ आफ्नै वा आफ्नो परिवारको लागि । तर, हामी यसरी धन सम्पतिको आर्जन गर्ने
दौडमा छौ कि हामीसँग कुनै समय नै छैन त्यो सम्पत्तिलाई राम्रोसँग वा आनन्दसँग उपभोग
गर्ने । यदि कुनै कुरा आर्जन गरेर त्यसलाई आफूले चाहे जस्तो, सोचे जस्तो वा आफू अनुकुल
उपोभोग गर्न सकिन्दैन भने त्यो आर्जन गर्नु वा नगर्नुमा कुनै तात्विक फरक पर्दैन ।
धन सम्पत्ति आर्जन गर्नु, संचित गर्नु र उपभोग गर्नु फरक फरक कुराहरु हुन् ।
आफ्नो
व्यस्तता र कामको सीमा आफैले तोक्ने हो । आफ्नो इच्छा र आकांक्षाको सीमा आफैले तोक्ने हो । आफ्नो जीवन आफैले चलाउने हो । कुन हदसम्म के का लागि समय दिने र आफ्नो प्राथमिकता कसरी तय गर्ने जिम्मा आफ्नै हो ।
यो
धर्तीमा धेरै मानिस छन् जो जति ब्यस्त भए पनि हातमुख जोड्नमा नै सबै समय गएकोछ । उनीहरुको लागि काम नै मनोरंजन हो । काम गरेर आफ्नो गर्जो टार्ने र परिवारको गास, बास र कपासको समस्या हल गर्दैमा
जीवन गएको छ । त्यसैमा रमाउनु पर्ने र खुसी हुनु पर्ने बाध्यता छ । जीवनलाई भगवानको देन मानेर, दु:खलाई आत्मासात गरेर, कामलाई नै सबथोक मानेर र भाग्यलाई दोष दिएर जीवन चलेको छ । तरपनि, कुनै गुनासो छैन । गुनासो गरे पनि कसले सुन्ने ?
दोश्रो
थरीका मान्छे छन्, जसको जीवन औसत रुपमा चलेको छ । न त समयको हिसाव छ, न कुनै ठूलो महत्वाकांक्ष
नै छ । न कुनै ठूलो पीर चिन्ता छ, न त जीवनमा ठूलो उल्लास र उत्साह नै छ । जीवन चलेको छ चल्नको लागि, औसत रुपमा, उस्तै गति र मतिमा । त्यसैले उनीहरुको
समयको गति, कामको व्यस्तता र जीवनको रफ्तार पनि औसत नै छ ।
अनि
यहाँ तेश्रो प्रकारका मानिस छन् जो ब्यस्त हैन अति ब्यस्त छन् । उनीहरु काम, मान, सम्मान,
धन र दौलतको पछि लाग्छन । उनीहरु महत्वाकांक्षी छन् । जीवनमा व्यस्तताले नै सबै थोक
प्राप्त गर्न सकिन्छ भन्छन । तर मानिसले सबै भन्दा खोजि गर्ने कुरा आनन्द र खुसी व्यस्तताले
प्राप्त गर्न सकिन्दैन भने कुरा बुझ्दैनन, वा बुझेर पनि ब्यबहारमा लागु गर्न सक्दैनन्
। अर्थात, व्यस्तता, काम र महत्वाकांक्षाको सीमा नै तोक्न जान्दैनन् ।
यो
तीन थरिका मानिसहरुमा सबैको आ-आफ्नै बिशेषता र चरित्रहरू हुन्छन । तरपनि सबैको
लागि समय जहिले पनि सिमित हुन्छ । समय सबैको लागि बराबर हुन्छ । समयले कसैलाई भेदभाव गर्दैन । समय सबैको लागि नि:शुल्क पनि हो । यो समयको गुण हो । जो मानिस आफ्नो समयलाई राम्रो सँग सदुपयोग गर्छन उनीहरु प्राय सफल हुन्छन पनि । जसले समयलाई राम्रो सँग चिन्छन् उनीहरु समयलाई पैसामा बदल्छन । जसले समयलाई चिन्दैनन् वा समयको सदुपयोग गर्दैनन्, उनीहरु आफ्ना समकालीन भन्दा पछाडी धकेलिंछन् ।
यहाँ
ब्यस्त हुनेहरुको कुरा गर्दा ब्यस्त नहुनेहरूको पनि चर्चा गर्नु पर्ने हुन्छ । कसैको
लागि जीवनमा काम गर्न समय पुग्दैन भने कसैको लागि समय फालाफाल भएको पनि देखेकोछु मैले
। जसले आफ्नो जीवनमा केही गर्न खोज्छ उसको लागि अरु बराबर सबै नभए पनि सबैको लागि बराबर
उपलब्ध हुने समय त पक्कै छ नि ! जीवनमा सबै कुराहरु आफूले चाहे जस्तो हुँदैन र खोजेको
सबै कुरा पुग्दैन । समयको उचित ब्यबस्थापन
गर्ने हो भने आफ्नो जीवनमा केही न केही पक्कै गर्न सकिन्छ ।
ब्यस्त
हुनु राम्रो हो । तर, सधैं ब्यस्त हुनु र अति ब्यस्त हुनु भने राम्रो हैन । ब्यस्त
हुनुमा मज्जा पनि हुन्छ यदि आफूलाई मन परेको काम गर्न पाउने हो वा आफ्नो दिल आनन्द
हुने काम गर्न पाउने हो भने । तर काममा अति ब्यस्त वा सधैं ब्यस्त हुने हो भने आफ्नो
व्यक्तिगत जीवन, आफ्नो परिवार र समाजको लागि
कुनै समय हुन्न । अनि जीवनमा आनन्द लिने, व्यक्तिगत सोखको काम गर्ने र अरु कसैको लागि
केही गर्ने समय हुन्न । तसर्थ पनि जीवनमा काम, आफ्नो जीवन, परिवार र समाजको लागि खर्चने
समयको सन्तुलन मिलाउनु जरुरी हुन्छ ।
व्यस्तताको
ब्यबस्थापन गर्नु भनेको समयको ब्यबस्थापन गर्नु हो, कामको ब्यबस्थापन गर्नु हो र जीवनको ब्यबस्थापन पनि गर्नु हो । आफ्नो लागि, परिवारको लागि, कामको लागि र समाजको
लागि सन्तुलित रुपमा समय
दिनु, अनि काम, मनोरंजन र जीवनचक्रको बिचमा सन्तुलन मिलाउनु पनि हो । जसले यी कुराहरुको बिचमा सन्तुलन मिलाउंछ उसले जीवन आनन्दसँग भोग्छ, सफलतालाई चुम्छ र अरुलाई प्रेरणा दिन सक्छ । अनि मात्रै 'ब्यस्त मानिसको विवस जिन्दगी' हैन, 'ब्यस्त मानिसको खुसी र सुखी जिन्दगी' हुन्छ । आफ्नो मात्रै हैन परिवार र समाजको लागि पनि केही सकारात्मक योगदान दिंदै हाँसी खुसी जिन्दगी बाँच्न सकिन्छ ।
No comments:
Post a Comment