Saturday, 3 February 2018

भनसुन र हाम्रो मानसिकता

भनसुन र हाम्रो मानसिकता
- डा. बच्चु कैलाश कैनी

गत बर्षको बेलायतको आम निर्वाचनमा सांसदको चुनावमा उम्मेदवार हुँदा नेपालबाट मेरा एक जना पुरानो मित्रले फोन गरें कुनै समय उनी मेरा मिल्ने मित्र थिए हामी कुनै कलेजको होस्टेलमा संगै एउटै कोठामा बस्थ्यौ करिव तिस बर्षसम्म कुनै सम्पर्क नगरेका ती मेरा मित्रले मलाई बधाई दिंदै आफ्नो छोरालाई बेलायतमा छात्रवृतिमा अध्ययनको लागि पहल गरिदिन अनुरोध गरे मैले यो कुरा मबाट सम्भव नहुने बताएँ

केही समय पहिले मेरो प्राथमिक बिद्ध्यालयमा मलाई पढाउने मेरा एक जना गुरुको मेरो फेसबुकमा साथी बनाउने अनुरोध आयो मनमनै खुसी भएँ  उनलाई तत्काल साथी बनाएँ पहिलो पटक म्यासेन्जरमा हाम्रो भलाकुसारी भयो दोश्रो पटक उहाँसंगको वार्तामा उहाँले मलाई कोही आफ्नो मान्छेलाई बेलायत ल्याउन सहयोग गर्न अनुरोध गर्नु भयो उहाँलाई पनि मैले यो कुरा मबाट सम्भव नहुने बताएँ

गत हप्ता बेलायतमा बस्ने नेपाली मुलका मेरा एक जना मित्रले फोन गर्नु भयो उहाँको बेलायतस्थित नेपाली दुतावासबाट एउटा कागज बनाउनु पर्ने रहेछ मेरो दुतावासमा राम्रो सम्पर्क भएकोले उक्त कागज बनाउने बारेमा बुझिदिन अनुरिध गर्नु भयो मैले उहाँलाई दुतावासको सम्पर्क नम्बरमा आफैले फोन गरे सहजै उक्त कुरा हुने बताएँ

भनसुनका लागि यी माथिका केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् यसले के देखाउँछ भने भनसुनले पदमा भएका वा कसैसंग कुनै पहुँच भएकाले जे जस्ता कामहरु पनि गर्न सक्छन वा भनसुन नगरी आफैं हुने कामको लागि भनसुन गर्नु पर्छ भन्ने मान्यता हामी नेपालीहरुमा छ भनसुन नेपाली जनजीवनको एक अभिन्न अंग नै भई सक्यो जस्तो सुकै काम पनि भनसुनबाट नै गर्नु र गराउनु पर्छ भन्ने नेपाली मान्यता स्थापित भईसक्यो शायद कसले केही भन्ने र कसैले सुन्ने भएकोले होला, यो शब्द भनसुन भएको

नेपालीमा भनसुनको अर्को पर्यायवाची शब्द 'सोर्सफोर्स' हो यो नातावाद र कृपावादको अर्को रुप पनि हो अनि नेपालमा धेरै हुने चाकडी वा चाप्लुसीसंग पनि भनसुनको गहिरो सम्बन्ध छ नेपालमा राम्रा हैन हाम्रालाई प्रश्रय दिने चलन जताततै छ यो रोगबाट नेपालमा कुनै पनि राजनीतिक दल, कर्मचारी प्रशासन, सेना, प्रहरी, न्यायालय, स्थानिय निकाय आदि कुनै पनि अंग वा निकाय अछुतो छैन

राजनीतक दलका नेता, सेना, प्रहरी, कर्मचारी वा  कुनै निकायलाई मात्रै अछुतो किन मान्ने ? नेपालमा अधिकांश टाठाबाठा, पढेलेखेका, बुद्धिजीवी, ब्यापारी, पदमा बस्ने वा केही न केही हैसियत भएका यो वर्ग नै भनसुन वा सोर्सफोर्सलाई प्रसय दिने जिम्मेवार वर्ग हो यो वर्ग नै ठूलाबडासंग पहुँच भएको वर्ग हो जसको कोही कसैसंग कुनै पहुँच छैन उ पनि यही वर्गसंग पहुँचको लागि हारगुहार गर्छ वा कुनै पहल गर्छ जसको कुनै पहुँच छैन, बिचरा सधैं पिल्सिएर बाँचेको हुन्छअन्याय अत्याचारमा पर्न विवश हुन्छ

जहाँ कानूनी राज्य र विधीको शासन हुन्छ त्यहाँ 'भनसुन' निरीह हुन्छ यदि सबै काम प्रक्रियाबाट हुने हो भने सबै जनालाई समान ब्यबहार गर्नु पर्छ कसैलाई काखा र कसैलाई पाखा नगर्ने हो भने किन भनसुनको आवश्यकता पर्छ र?

विधिको शासन लागु गर्ने वा विधिको शासन स्थापित गर्ने गराउने मुख्य काम सरकारको हो सरकार भनेको सबै कर्मचारी, प्रहरी, प्रशासन, सेना र सबै सरकारी निकायहरु  मात्रै हैनन सरकार भनेको वा सरकारको प्रतिनिधी भनेको स्थानिय, प्रादेशिक र संघिय निकायमा निर्वाचित जनप्रतिनिधि पनि हुन् र, यिनै जनप्रतिनिधिहरु हरेक जनताप्रति उत्तरदायी हुन्छन विधिको शासन लागु गर्ने जिम्मा यिनको पनि उत्तिकै हुन्छ साथै हरेक जनताको जिम्मा भनेको मतदान मार्फत सही र योग्य जनप्रतिनिधि छान्ने हो, विधिको शासन मान्ने मान्न सबैलाई प्रोत्साहित गराउनु पनि हो

मैले नेपालमा करिव दश बर्ष सरकारी अस्पतालको प्रशासकीय प्रमुखको रुपमा काम गरें त्यो बेला मैले अनुभव गरेको कुरा के भने अस्पतालमा नाम लेखाउनको लागि,  आफूले चाहेको डाक्टरलाई भेट्नको लागि, जागिरको लागि, ठेक्कापट्टाको लागि के के हो के के भनसुनको लागि मन्त्रि, सचिव, सरकारी निकायका कर्माचारी, नेता, नातागोता, चिनेजानेका मानिस, साथीभाईले सम्पर्क गर्ने भनेको सामान्य कुरा थियो अरुलाई मात्रै किन भन्ने, कतिपय पटक आफूले पनि आफ्नो पदको वा पहुँचको उपयोग गरेर भनसुन गरियो यो लुकाउने कुनै कुरा छैन यदि मैले यो कुरा हैन भनें पनि कसले पत्याउने ?

बिगत तेह्र बर्षदेखि म बेलायतको सरकारी अस्पतालमा काम गर्छु यहाँ भने भनसुनको कुनै गुञ्जायस नै छैन म आफैं काम गर्ने अस्पतालमा म आफैं पनि डाक्टरलाई देखाउन वा कुनै कामको लागि अस्पतालको नियम अनुसार अरु बिरामी सरह कुर्नु वा समय लिनु बाहेक कुनै विकल्प छैन न त चाकडी, चाप्लुसी वा सोर्सफोर्सले काम बनाउँला भन्ने हुन्छ त्यस्तै, झन्डै तीन बर्षदेखि म निर्वाचित जनप्रतिनिधिको रुपमा एउटा जिल्ला काउन्सिलको काउन्सिलर छु आजसम्म पनि मलाई मेरो क्षेत्रका कोही मतदाता व्यक्तिगत कुनै पनि काम लिएर म कहाँ भनसुनको लागि आएको थाहा छैन

त्यसको अर्थ बेलायतमा कुनै नातावाद वा कृपावाद भन्ने नै छैन भन्ने पनि हैन फरक के हो भने नेपालमा भनसुन, नातावाद, कृपावाद, चाकडी र चाप्लुसी नचल्नु अपवाद हुन्छ भने बेलायतमा त्यो चल्नु अपवाद हो भनसुन नचल्ने शायद कुनै ठाउँ वा निकाय छैन होला नेपालमा तर, बेलायतमा हरेक सेवाग्राहीलाई दिने सेवा नियम अनुसार दिने गरिन्छ सबै जना नियम अनुसार काम गर्छन सेवाग्राही पनि कुनै काम गर्न वा गराउन कसैलाई भनसुन गर्दैनन् विधिको शासन चल्छ बेलायतमा कसैले कुनै नियम मिच्यो भने गुनासो गर्ने ठाउँ हुन्छ गुनासो उपर तत्काल छानविन हुन्छ साथै नियम अनुसार काम नभएको पाइएमा आवश्यकता अनुसार कारवाही पनि हुन्छ तर, यस्तो कुरा नेपालमा यो बिरलै देखिन्छ

बिदेशमा बस्ने नेपाली वा नेपाली मूलका एनआरएनहरु बिदेशमा बस्दा विधिको शासन माने पनि नेपालमा जाने बित्तिकै कुनै पनि कामको लागि भनसुन गर्ने गराउने चलन ब्याप्त यसको कारण के हो भने भनसुन गरे पछि जस्तो काम पनि नेपालमा सहज सरल रुपमा हुन सक्छभनसुन नगरे अनेक झन्झट व्यहोर्नु पर्ने काम नहुन सक्ने अवस्था पनि आउँछतर, जसले गरे पनि जुन रुपमा गरे पनि भनसुनबाट काम गर्नु गराउनु गलत होभनसुनसंगै अर्को पाटो आर्थिक चलखेल वा भ्रष्टाचार पनि जोडिएको , त्यसको बारेमा अर्को लेखमा चर्चा गर्नेछु l

भनसुन  वा सोर्सफोर्स बिना पनि सबै काम हुन सक्छन भन्ने विश्वास्त पार्न नेपालमा सबै व्यक्ति, निकाय र अंग इमान्दार र कर्तव्यनिष्ठ हुनु जरुरी छ सबैले विधिको शासन चलाउनु र मान्नु जरुरी छ अरुको मात्रै गल्ति देख्ने र आफू सधै चोखो  छु भन्ने मानसिकतालाई त्याग्नु पर्छ म अब सधै विधिको शासन मान्छु र परिवर्तनको शुरुवात आजैदेखि मबाट शुरु गर्छु भन्ने संकल्प गर्नु पर्छ र, आजैदेखि त्यो कार्यान्वन पनि गर्नु पर्छ अनि मात्रै नयाँ संघिय नेपालमा भनसुनको प्रभाव कम हुन सक्छ र सबैले चाहेको नयाँ नेपाल बन्न सक्छ

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...