Friday, 12 October 2018

'गुड लक' अर्थात भाग्यले साथ दिओस !



'गुड लक' अर्थात भाग्यले साथ दियोस !
- डा. बच्चु कैलाश कैनी

'गुड लक' अर्थात भाग्यले साथ दियोस कुनै काम शुरु गर्नु भन्दा पहिले हामी आफ्ना साथीभाई वा संगिनी, इष्ट मित्र, सहकर्मी वा कसैलाई पनि भाग्यले साथ दियोस भन्ने शुभ कामना दिन्छौ कसैले भन्दैमा भाग्यले साथ दिन्छ वा दिंदैन  त्यो मलाई थाहा छैन, तर यो एउटा राम्रो प्रचलन हो भन्ने पक्का थाहा

अस्ति एउटा साथीले मलाई के गर्दै छौ भनेर सोध्यो मैले अहिले एउटा लेख लेख्दै छु भनें उसले भन्यो,  'गुड लक' उसको 'गुड लक' सन्देसले मात्रै मेरो लेख राम्रो वा पठनीय हुन्छ भन्ने हैन   तरपनि एउटा शुभ कामना संदेशले मनमा सकारात्मक भावना भने अवश्य पैदा गर्छ

यो अर्थमा मेरो लागि 'गुड लक' भनेको 'वोर्क हार्ड' हो मलाई थाहा , कडा परिश्रम नगरी, राम्रो काम नगरी, इमान्दार दत्तचित्त भएर काम नगरी 'गुड लक' ले मात्रै सफल हुन सक्दिन भन्ने कुरा

आजकल सामाजिक संजालमा जतातेतै सित्तैमा पाइने 'थम्ब्स अप' वा 'गुड लक' का स्टिकरले 'गुड लक' भन्न सजिलो बनाई दिएको त्यति मात्रै हैन धेरै बर्ष देखि भेट नभएका पुराना अहिलेका साथी भाई वा  संगिनी, इष्टमित्र वा पुराना सहकर्मीहरुसंग नियमित सम्पर्क गर्न, संदेश शुभ कामना आदान प्रदान गर्न सजिलो पनि भएको त्यसैले 'गुड लक' को आदान प्रदान गर्ने प्रचलन पनि बढ्दो

कोही कुनै काममा असफल हुँदा भाग्यलाई दोष दिन्छन कुनै कुरा शुरु गर्दा त्यो राम्रो हुन्छ वा सतप्रतिशत सफल नै भन्ने पनि छैन मैले पनि कति पटक एउटा लेख लेख्न सुरु गरेर त्यत्तिकै छोडेको, केही काममा असफल भएको वा अरुले असफल बनाई दिएको धेरै उदाहरणहरु छन् मेरो बिचारमा एक पटक असफल भएर भाग्यले साथ दिएन भनेर बस्ने हो भने भाग्य कहिले पनि आउँदैन भाग्य आउन काम गर्नु पर्छ सकारात्मक सोचाई राख्नु पर्छ

भाग्य कसरी आउँछ वा कसरी जान्छ भन्ने कुरा कसैलाई थाहा हुन्न भाग्यलाई  कोही भगवानको बरदान मान्छन भने कोही कर्मको फल मान्छन कोही भन्छन, कर्म धर्मको संयोगले नै भाग्य प्राप्त हुन्छ संसारको धेरै जनजाती, देश ठाउँमा भाग्य सम्बन्धी धेरै प्रचलन, रुढिवादी बिचार, सोचाई मान्यताहरु छन् यसको अर्थ के हो भने भाग्यमा विश्वास गर्नेको संख्या यहाँ उल्लेख्य

भाग्य कसैले कामना गर्दैमा प्राप्त हुन वा नहुन पनि सक्छ तर नकारात्मक सोचेर डिप्रेसनको शिकार भएर बस्नु भन्दा भाग्यमा बिस्वास गर्दै एक दिन मेरो राम्रो दिन पक्कै आउँछ भनेर निरन्तर परिस्थितिको सामाना गर्नु पनि सकारात्मक सोचाई हो यसले काम गर्ने उर्जा दिन्छ, मनमा आफैलाई बिस्वास गर्ने मौका दिन्छ जीवनमा आउने अनगिन्ती चुनौतीको सामना गर्ने अवसर दिन्छ

माथि उल्लेख गरिएका प्रसंगको अर्थ भाग्य हुँदै हुन्न भन्ने पनि हैन कतिपय कुरा जति मेहेनत गरे पनि  वा जस्ले जे भने वा गरे पनि प्राप्त गर्न सकिंदैन   जस्तै जन्म वा मृत्युको कुरा भनिन्छ जन्म मृत्यु भगवानको हातमा हुन्छ कुन परिवारमा कसको जन्म हुन्छ भन्ने कुरा आफ्नो हातमा हुन्न त्यस्तै आफ्नो मृत्यु कसरी कहिले  हुन्छ भन्ने पनि आफ्नो हातमा हुन्न सायद यही हो भाग्य खेल वा भगवानको देन

धर्ममा भन्दा कर्ममा धेरै विश्वास गर्ने भएको हुनाले आफ्नो काम गर्दै जानु पर्छ, भाग्य भन्ने कुरा आएछ भने थप 'बोनस' भएछ, आएन भने पनि आफ्नो कर्म गर्दै जानु पर्छ भन्ने कुरामा विश्वास गर्छु अर्थात भागवत गीतामा भने जस्तै, 'कर्म गर, फलको आशा नगर' भन्ने कुरामा बिस्वास गर्छु

कसैलाई करौडौ रुपैयाँको चिट्ठा पर्दा वा कुनै कसरत नगरी नसोचेको सफलता हात पर्दा भाग्यले साथ दिए कसैको केही लाग्दैन भन्ने प्रष्ट हुन्छ अर्थात, भाग्य भन्ने कुरा पनि हुन्छ जस्तो लाग्छ संगै काम परिश्रम गर्ने मानिसहरु मध्ये एउटा धेरै माथि जान्छ भने अर्को सधै त्यहींको त्यहीं वा त्यो भन्दा तल झरेको अवस्थामा पुगेको देख्न सकिन्छ यसलाई धेरैले भाग्यको कमाल हो भन्छन

हरेक दिन भाग्यले साथ दिन्छ कि भनेर विश्वमा करौडौ मानिस चिट्ठा काट्ने गर्छन चिट्ठालाई  नै आफ्नो जीवनको एक मात्र आशा भरोसा मानेर जीवन काट्ने पनि यहाँ धेरै छन् कुनै कुनै दिन पक्का चिट्ठा पर्ने आफ्नो जीवनमा हरेक कुरा प्राप्त हने भनेर 'मनको लड्डु घिऊसंग खाने' जमातको पनि कमि यहाँ छैन

कतिपय भाग्यको भरोसामा परेर क्यासिनो वा अन्य गेम खेल्न सुरु गर्ने जीवन भर कुलतमा परेको उदाहरणहरु पनि छन् एक पटक भाग्यले साथ दिएन, अर्को पटक अवस्य मेरो भाग्न चम्कने भनेर खाली क्यासिनोमा छिर्ने हो वा भाग्यको मात्रै भर पर्ने हो भने जीवनमा कहिले भाग्य नै नदेखी यो जीवन त्यसै खेर जान पनि सक्छ

बैज्ञानिक रुपमा भाग्य यस्तै हो भनेर लाई प्रमाणित गर्ने कुनै चमत्कार नभए पनि भाग्य मान्छेको मनोविज्ञानसंग सम्बन्धित भन्ने कुरा प्रमाणित भएको बच्चामा हामीले खेल्ने 'गाई कि त्रिशुल' जसरी भाग्य भन्दा पनि 'पचास/पचास' को सम्भावनाको खेल हो, त्यस्तै कसैको लागि भाग्य पनि सम्भावनाको खेल हुन सक्छ तर जे होस्, भाग्य अमुर्त कुरा हो भाग्य कसैको लागि जीवनको आशा भरोसा हो, कसैको लागि कहिले नआउने निष्ठुरी जालझेल हो भने कसैको लागि जीवनको ठूलो उपहार हो

कोही पनि मानिस जानी जानी आफ्नो जीवनमा 'ब्याड लक' आएको देख्न वा भोग्न चांहदैन सबैले आफ्नो जीवनमा 'गुड लक' मात्रै देख्न वा भोग्न चाहन्छन तर के गर्नु? जीवन राम्रो नराम्रो, मोठी नमिठो, सफलता असफलता, घाम छायाँ, मिलन बिछोड आदि इत्यादीको संयोग हो आफूले चाहेको मात्रै पुरा हुन्छ भन्ने हुँदैन त्यसैले मेरो जीवनमा मैले जप्ने र मान्ने एउटा मन्त्र छ, 'होप फर द बेस्ट, प्रेपयर फोर द वोर्स्ट' अर्थात 'सधै राम्रो प्रतिफलको आशा गरौँ, तर नराम्रो परिणामको लागि पनि तयारी अवस्थामा बसुं' ।


गुड लक अर्थात भाग्यले साथ दियोस !सम्पूर्ण पाठक बर्गमा मेरो 'गुड लक' अर्थात सबैलाई 'भाग्यले सधैं साथ दियोस'

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...