Thursday, 18 October 2018

म को हुँ?


'म को हुँ?'


को हुँ?
डा. बच्चु कैलाश कैनी

' को हुँ ?' यो प्रश्न मैले आफैलाई धेरै पटक सोधेको छु मात्रै हैन, अरु धेरै मानिसहरु सायद यो प्रश्न आफैंलाई गर्छन होला यो स्वभाविक पनि हो किनकी एउट्टै मान्छेले यो संसारमा धेरै पटक धेरै भूमिका निर्वाह गर्नु पर्छ धेरै काम गर्नु पर्छ

मानिसले आफ्नो परिवार, समाज देशमा निर्वाह गर्ने भूमिकाले उसको पहिचान हुन्छ मानिसको आफ्नो अस्तित्व वा पहिचान भनेको विचार, काम ब्यबहारले बनाउने हो कोही कसैले राम्रो विचार राख्दैमा उसको बिचारमा पहिचान झल्कने हैन मानिसको पहिचान कामले बनाउने हो आफ्नो व्यक्तित्व, परिवार समाजमा आफूले गर्न सक्ने योगदानको आधारमा मानिसले आफ्नो पहिचान बनाउँछ

सामान्यतया मानिसको पहिचान स्थिर भए पनि मानिसको पहिचान वा अस्तित्व गतिशील हुन पनि सक्छ आज जो जे , भोलि त्यो त्यही नहुन पनि सक्छ मानिसले हरेक दिन केही केही कुरा सिकेको हुन्छ एउटा निश्चित उमेरसम्म मानिस विचारमा परिपक्क हुँदै हुन्छ अनि आज एउटा पहिचान भएको मानिस भोलि फरक पहिचानमा प्रस्तुत हुन सक्छ आज एउटा सामान्य मानिस भोलि निकै विश्व चर्चित हुन सक्छ आजको बौद्धिक मानिस भोलि फटाहा हुन पनि सक्छ तर, यो असामान्य अवस्थामा हुने कुरा हो

मानिस जव कुनै बेला संकटमा पर्छ, त्यति बेला आफ्नो अस्तित्व माथि नै आफैले प्रश्न चिन्ह खडा गर्छ आफ्नो मनमा नकारात्मक भावना पैदा गर्छ त्यस्तो अवस्थामा मानिसले आफ्नो पहिचानको  खोजि बढी गर्छ आफ्नो पहिचान भनेको आफ्नो अस्तित्व हो आफ्नो पहिचान अस्तित्व भएन भने मानिस भएर बाँच्नु को अर्थ रहँदैन

नकारात्मक सोच्दा मानिसको मनमा डर, भय, शंका, बितृष्ण, रिस, इर्श्या, जलन, आदी कुराको आँधी आउँछ त्यसले मानिसको मानसिक शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ जव मानिसको मानसिक शारीरिक स्वास्थ्यमा असर पार्छ, तब कुनै पनि मानिसको सोचाई, काम ब्यबहार पनि प्रतित्पादक  हुँदै जान्छ त्यसको अर्थको मानिसको पहिचानमा पनि संकट आउनु हो

त्यसरी नै सकारात्मक रुपमा सोच्ने हो भने आफ्नो मन, जीवन ब्यबहारमा धेरै सकारात्मक परिवर्तन आउँछ सकारात्मक विचारले काम गर्ने उत्साह, जोस  जाँगर बढाउँछ काममा सफल हुन उत्पादकत्व बढाउन पनि सकारात्मक सोचको ठूलो भूमिका हुन्छ अनि त्यसैले मानिसको पहिचान दिन सक्छ

आफ्नो जीवन सार्थक बनाउने आफैंले हो जीवनमा हामीले गर्ने धेरै कुराको उत्पत्ति सोचबाट हुन्छ आफ्नो लागि सोच्ने आफैले हो आफूले सोचे अनुसार काम गर्ने पनि आफैले हो मनमा आउने सबै सोच सकारात्मक काम लाग्ने हुंदैनन मनमा सकारात्मक सोच ल्याउने ती धेरै सोचलाई फिल्टर गरेर काम लाग्ने आफ्नो हैसियत, दक्षता योग्यता अनुसारको योजना सोचलाई ब्यबहारमा उतार्ने आफैंले हो

जीवनमा सफल हुन आफ्नो मात्रै हैन अरु धेरै मानिसको सहायक भूमिका हुन्छ   धेरै कुराहरु जस्तै पैसा, वातावरण, पढाई, अनुभव आदिको भूमिका पनि हुन्छ तर यी सबै सहायक हुन् यी सबैको भूमिकालाई बढाउन, आफ्नो पक्षमा सदुपयोग गर्न आफ्नो पहिचान बढाउन पनि आफ्नै भूमिका ठूलो हुन्छ

मानिसको पहिचान सोचाई जोडिएका हुन्छन सोचाई नै सबै कुराको आधार हो कुनै काम गर्नु भन्दा पहिले आफैले सकारात्मक सोच्नु जरुरी हुन्छ सकारात्मक सोचाइले मात्रै राम्रो योजना बनाउन  सकिन्छ राम्रो योजनाले मात्रै राम्रो काम गर्न सकिन्छ राम्रो कामले मात्रै राम्रो पहिचान बनाउन सकिन्छ

मानिस आफैमा बाँच्नु पर्छ, आफैमा रमाउनु पर्छ अर्थात, आफूसंग जे त्यसैमा रमाउनु पर्छ, त्यसैलाई उपयोग गरेर आफ्नो पहिचान बनाउनु पर्छ  आफ्नो जीवन सहज बनाउनु पर्छ आफैमा सन्तुष्ट हुनु भनेको पनि जीवन जिउने कला हो खुसी अरुमा हैन आफैमा पाइने कुरा हो त्यसैले पनि आफैले आफ्नो पहिचान गर्नु त्यही अनुसार जीवन जिउने हो भने धेरै कुरा हरु सहज हुन्छन

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...