Wednesday, 11 December 2019

बाटो र गन्तब्य


बाटो गन्तब्य
- डा बच्चु कैलाश कैनी

बाटो गन्तव्यमा पुग्ने माध्यम हो
गन्तब्य बाटोको अन्तिम बिन्दु हो
बाटो यात्राको सारथी हो
गन्तब्य यात्राको लक्ष्य हो
बाटो सबैको साझा हो
गन्तब्य केवल आफ्नै लक्ष्य हो
बाटोको बिकल्प अर्को बाटो हो
गन्तव्यको बिकल्प पराजय हो

मैले हिंड्ने बाटोमा
कांडाको अपेक्षा गरें भने
बाटो मोड्ने वा पीडा सहने
बिकल्प हुनेछ

मैले हिंड्ने बाटोमा
फूलको थुङ्गा अपेक्षा गरें भने
फूल कुल्चने वा उठाउने
द्वुविधा हुनेछ

मैले हिंड्ने बाटोमा
चिल्लो सडकको अपेक्षा गरें भने
यात्राको आनन्द लिने
वा, द्रुत गतिमा दुर्घटनाको जोखिम लिने
सम्भावना हुनेछ

यात्राको लागि बाटोमा निस्के पछि
मेरो गन्तब्यमा पुग्न
बाटोमा फूल वा काँडा
कहिले उकाली वा ओराली
भत्केको वा चिल्लो बाटो
सबैको सामना गर्नु पर्नेछ

मेरो बाटो गन्तब्य
रोज्ने अधिकार मेरो हो
मेरो यात्रा, गति कदम
रोज्ने अधिकार मेरो हो
मेरो बिजय पराजय
रोज्ने बाटो पनि मेरै हो
किनकी यो जिन्दगी मेरो हो
मेरो मन मेरो हो
हो, केवल मात्रै मेरो हो

२५ मंसिर २०७६, बुधबार (११ डिसेम्बर २०१९)
डार्टफोर्ड, बेलायत  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...