Tuesday, 17 December 2019

गजल

गजल

- डा बच्चु कैलाश कैनी
यहाँ फलामको सामर्थ्य फलामले गाल्ने हो
जस्तो परिस्थिती आउँछ उस्तै कदम चाल्ने हो ।
सबैको सोचे अनुसार मात्रै सधैं कहाँ हुन्छ र ?
जे होस् मनमा सधैं सकारात्मक सोच पाल्ने हो ।
निराशाले तनाव दिन्छ सबको जीवन हुन्छ बर्वाद
सुन्दर भविष्य बनाउन आशाको बत्ति बाल्ने हो ।
बिचरा भन्नेहरु कालो दिन पर्खेर बस्छन यहाँ
बैरीको मुख आफ्नै काम र नामले टाल्ने हो ।
भविष्यमा बाटोमा आउने सबै अवरोध फालेर
रीस राग गर्ने र द्वेष पाल्ने सबैलाई ढाल्ने हो ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...