Thursday, 11 June 2020

गजल

गजल : परिवार फुटाउँछौ हामी

~डा बच्चु कैलाश कैनी~
समाज भाँडेर परिवार फुटाउँछौ हामी
उस्तै परे आफ्नै लाई कुटाउँछौ हामी
पैसा छ सबै भन्दा ठूलो यसैको लागि
सामाजिक बन्धन पनि छुटाउँछौ हामी
म मात्रै जान्ने बुझ्ने अरु बेकार भन्दै
फगत ठूला गफ मात्रै चुटाउँछौ हामी
आफ्नै आत्मासम्मान पनि नभएपछि
चेलीबेटीको इज्जत लुटाउँछौ हामी
स्वार्थी र धोकावाजहरुको भिडमा
गहिरो नाता सम्बन्ध टुटाउँछौ हामी ।
२१ चैत २०७६, आइतबार (३ अप्रिल २०२०)
डार्टफोर्ड, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...