Thursday, 11 June 2020

गजल

गजल : मिठो गीत हुन्छ

~डा बच्चु कैलाश कैनी~
तिमीले केही लेखे मिठो गीत हुन्छ
बोले झन् त्यो सुमधुर संगीत हुन्छ ।
मायामा समर्पण जोड्ने हो भने
युगौंसम्म बाँच्ने अमर प्रित हुन्छ ।
अवरोधरुपी काँडा पन्छाउन सके
मायामा सबैको पक्का जीत हुन्छ ।
मायाले हो आशाको ज्योती छर्ने
प्रेम गर्न सके शत्रु पनि मीत हुन्छ ।
ढिलो नगर प्रिय मेरो हात समाउ
हो यसैमा तिम्रो र मेरो हित हुन्छ ।
८ बैसाख २०७७ (२० अप्रिल २०२०)
डार्टफोर्ड, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...