मेरो स्मृतिको त्यो चौतारी
- डा. बच्चु कैलाश कैनी
मेरो स्मृतिको
मेरो प्यारो त्यो चौतारी
मेरो प्यारो गाउँको
बर र पिपलको त्यो चौतारी
सबैको सुख र दु:खको
माया र प्रीतिको
हाँसो र रोदनको
साक्षी त्यो चौतारी
अहिले पनि त्यत्तिकै ताजा स्मृतिमा छ
त्यो मेरो प्यारो गाउँको
बर र पिपलको मेरो त्यो चौतारी ।
त्यही चौतारीमा बसेर
मैले धेरै थकान मेटेको छु
दु:ख सुख सांटेको छु
माया प्रीतिको कुरा गरेको छु
गर्मीको बेला
चिसो हावाको महसुस गरेको छु
जाडो होस् वा गर्मी
थकान मेटेको छु
त्यही प्यारो चौतारीमा बसेर
हजुरबुवाको मुखबाट
किम्बदन्तीको कुरा सुनेको छु
बुवाको मुखबाट
राजनीति र समाजसेवाको कुरा सुनेको छु
आमाको मुखबाट
खेतीपाती र बस्तुभाउको कुरा सुनेको छु
मामाको मुखबाट
चाडबाड र पर्वको कुरा सुनेको छु
ठुलाघरे दाईको मुखबाट
किसानको दु:ख र सुखको कुरा सुनेको छु
साँच्चै मैले त्यही बर र पिपलको चौतारीमा बसेर
धेरै धेरै अनगिन्ति कुरा सुनेको छु ।
अस्ति म मेरो प्यारो गाउँ जाँदा
त्यही बर र पिपलको चौतारीमा
एकछिन सुस्केरा हाल्न बसें
त्यही एकछिनको बसाईमा
अतितको याद ताजा भयो
मेरो आमा र बा संगै त्यही बसेको
सुख दु:खको कुरा सुनेको याद आयो
मलाई मेरो बालपनको याद आयो ।
मैले देखें
त्यो चौतारी अहिले पनि
तिनै बर र पिपललाई
उत्तिकै दुरीमा राखेर
सबैलाई छहारी दिएर
त्यही त्यसरी नै ठिंग उभिएको छ
चौतारी त्यही छ
परिवेश फेरिएको छ
बर र पिपल त्यही छन्
आसपासका मान्छे फेरिएका छन
ठाउँ त्यही छ
दृश्य फेरिएको छ ।
कोही त्यहाँ आई हाल्यो भनेपनि
सुख दु:खको गफ हैन
मोबाइलमा समय काट्ने
देश परदेशमा बस्नेसंग भलाकुसारी गर्ने
सामाजिक संजालमा झुत्तिने
लाइक र कमेन्ट गर्ने
सेल्फी हान्ने
आफ्नै बिज्ञापन गर्ने
र, आफैलाई ठूलो ठान्नेको भीड छ ।
पहिले चौतारी थियो
चिसो हावाको महसुस गराउन
अहिले एसी, कुलर र फ्यान छन्
चिसो हावा दिन
पहिले सबैको समय थियो
चौतारीमा बस्न
अहिले सबै हतारमा छन्
काम गरेर नाम र दाम कमाउन
पहिले चौतारी थियो
भातृत्व र सद्भाव बढाउन
अहिले सामाजिक संजाल छन्
साथीभाई र आफन्त जोड्न
पहिले चौतारी थियो
ठाउँ र गाउँ चिनाउन
अहिले बाटोघाटो र कंक्रिट जंगल छन्
बिकासको गति बढाउन ।
पहिले पहिले धेरै कुरा थियो
समय फरक थियो
अहिले पनि झन् धेरै कुरा छन्
समय फरक छ
तर, त्यो चौतारी त्यही छ
मेरो बालपनको स्मृति त्यही छ
समयले नेटो काटेपनि
बर र पिपल अनि त्यो चौतारी त्यही छ
मेरो स्मृतिको त्यो चौतारी त्यही छ ।
डार्टफोर्ड, बेलायत ।
मेरो प्यारो त्यो चौतारी
मेरो प्यारो गाउँको
बर र पिपलको त्यो चौतारी
सबैको सुख र दु:खको
माया र प्रीतिको
हाँसो र रोदनको
साक्षी त्यो चौतारी
अहिले पनि त्यत्तिकै ताजा स्मृतिमा छ
त्यो मेरो प्यारो गाउँको
बर र पिपलको मेरो त्यो चौतारी ।
त्यही चौतारीमा बसेर
मैले धेरै थकान मेटेको छु
दु:ख सुख सांटेको छु
माया प्रीतिको कुरा गरेको छु
गर्मीको बेला
चिसो हावाको महसुस गरेको छु
जाडो होस् वा गर्मी
थकान मेटेको छु
त्यही प्यारो चौतारीमा बसेर
हजुरबुवाको मुखबाट
किम्बदन्तीको कुरा सुनेको छु
बुवाको मुखबाट
राजनीति र समाजसेवाको कुरा सुनेको छु
आमाको मुखबाट
खेतीपाती र बस्तुभाउको कुरा सुनेको छु
मामाको मुखबाट
चाडबाड र पर्वको कुरा सुनेको छु
ठुलाघरे दाईको मुखबाट
किसानको दु:ख र सुखको कुरा सुनेको छु
साँच्चै मैले त्यही बर र पिपलको चौतारीमा बसेर
धेरै धेरै अनगिन्ति कुरा सुनेको छु ।
अस्ति म मेरो प्यारो गाउँ जाँदा
त्यही बर र पिपलको चौतारीमा
एकछिन सुस्केरा हाल्न बसें
त्यही एकछिनको बसाईमा
अतितको याद ताजा भयो
मेरो आमा र बा संगै त्यही बसेको
सुख दु:खको कुरा सुनेको याद आयो
मलाई मेरो बालपनको याद आयो ।
मैले देखें
त्यो चौतारी अहिले पनि
तिनै बर र पिपललाई
उत्तिकै दुरीमा राखेर
सबैलाई छहारी दिएर
त्यही त्यसरी नै ठिंग उभिएको छ
चौतारी त्यही छ
परिवेश फेरिएको छ
बर र पिपल त्यही छन्
आसपासका मान्छे फेरिएका छन
ठाउँ त्यही छ
दृश्य फेरिएको छ ।
कोही त्यहाँ आई हाल्यो भनेपनि
सुख दु:खको गफ हैन
मोबाइलमा समय काट्ने
देश परदेशमा बस्नेसंग भलाकुसारी गर्ने
सामाजिक संजालमा झुत्तिने
लाइक र कमेन्ट गर्ने
सेल्फी हान्ने
आफ्नै बिज्ञापन गर्ने
र, आफैलाई ठूलो ठान्नेको भीड छ ।
पहिले चौतारी थियो
चिसो हावाको महसुस गराउन
अहिले एसी, कुलर र फ्यान छन्
चिसो हावा दिन
पहिले सबैको समय थियो
चौतारीमा बस्न
अहिले सबै हतारमा छन्
काम गरेर नाम र दाम कमाउन
पहिले चौतारी थियो
भातृत्व र सद्भाव बढाउन
अहिले सामाजिक संजाल छन्
साथीभाई र आफन्त जोड्न
पहिले चौतारी थियो
ठाउँ र गाउँ चिनाउन
अहिले बाटोघाटो र कंक्रिट जंगल छन्
बिकासको गति बढाउन ।
पहिले पहिले धेरै कुरा थियो
समय फरक थियो
अहिले पनि झन् धेरै कुरा छन्
समय फरक छ
तर, त्यो चौतारी त्यही छ
मेरो बालपनको स्मृति त्यही छ
समयले नेटो काटेपनि
बर र पिपल अनि त्यो चौतारी त्यही छ
मेरो स्मृतिको त्यो चौतारी त्यही छ ।
डार्टफोर्ड, बेलायत ।
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 जेठ, 2076
No comments:
Post a Comment