Thursday, 11 June 2020

गजल

गजल

- डा. बच्चु कैलाश कैनी

मेरो दिल दिमागमा केवल तिम्रो बास छ
जिन्दगीको अन्त्यसम्म केवल तिम्रो आस छ ।

तिमीलाई खुसी र सुखी राख्न सकुं
आजसम्म पनि त्यही निरन्तर प्रयास छ ।

अरु जो सुकैले जे सुकै भनुन
तिमी प्रति मेरो पूर्ण बिस्वास छ ।

तिम्रो मुस्कानले सबै थकान मेटाउँछ
तिमी छौ र त मेरो जीवन खास छ ।

हाम्रो जीवन सधैं परिक्षाबाट गुज्रन्छ
तिम्रो साथले जीवन शतप्रतिशत पास छ ।

डार्टफोर्ड, बेलायत ।
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...