Thursday, 11 June 2020

पुराण वाचन

पुराण वाचन

- डा. बच्चु कैलाश कैनी

सानै देखि मलाई आध्यात्म तिर रुचि थियो । हाम्रै गाउँको काकाको घरमा पुराण वाचन गर्ने कुराले मलाई मनै देखि खुसी लाग्यो । पुराण वाचन गर्ने दिन हजुरआमाको हात समाएर म पनि पुराण सुन्न गएँ । सानो थिएँ, त्यसैले गुरुबाले भन्नु भएको केही कुरा नबुझे पनि धेरै कुराले मेरो मन छोयो ।

मलाई अहिले पनि याद छ । पुराण वाचनको अन्त्यतिर गुरुबाले गीताको एउटा सार यो हो भन्दै एकदम महत्वपूर्ण कुरा भन्नु भयो । उहाँको भनाई थियो, 'कर्म गर तर फलको आशा नगर ।' गुरुले भन्नु भएको यो सारसंगै पुराण वाचन सकियो ।

पालो आयो गुरुलाई टिका लगाउने र प्रसाद ग्रहण गर्ने । सबै भक्तजनले गुरुको हातबाट टिका लगाए र आफ्नो सामर्थ्य अनुसार गुरुलाई दान दिए । गुरु भने कर्के आँखा पार्दै दान दक्षिणा तिर आँखा लगाएको प्रष्ट देखिन्थ्यो । अनि मेरो बाल मष्तिस्कमा लाग्यो, कर्म गर्नेले फलको आशा पनि गर्नु पर्ने रहेछ । अस्तु ।
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 आश्वीन, 2076

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...