Thursday, 11 June 2020

गजल

गजल

- डा. बच्चु कैलाश कैनी

धेरै माया दिएँ तिमीलाई किन तर्केको होला
मेरो बोलि सुन्दा पनि किन झर्केको होला ।

सजाउँछु भन्थे सधैं तिमीलाई मेरो मुटू भित्र
बाटो मोडी मलाई छोडी किन फर्केको होला ।

सोचेको थिएँ तिम्रो साथ जीवन भर रहनेछ
यो दुखेको घाऊमा नुन किन छर्केको होला ।

सबै भन्थे मलाई माया अमर र अजर हुन्छ
मायाको यो फ्रेम छिट्टै किन चर्केको होला ।

मायाको नाम लिंदा मुटु किन थर्केको होला
मेरो जीवनमा मात्रै झरी किन दर्केको होला ।

डार्टफोर्ड, बेलायत ।
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 कार्तिक, 2076

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...