Thursday, 11 June 2020

गजल

गजल

- डा. बच्चु कैलाश कैनी

मौसम बदलियो तर फूल झरेको छैन
हाम्रो त्यो प्रगाढ माया अझै मरेको छैन ।

कुनै बेला मन मुटुमा सजाएर राखेको
म तिम्रै हुँ कसैले मलाई हरेको छैन ।

लाग्छ जता भएपनि तिमी मेरै छेउमा छौ
मान म तिम्रै हो अन्त कतै सरेको छैन ।

भन्छन सास भएसम्म आश गर्नु पर्छ
रित्तो भएको यो मन अझै भरेको छैन ।

बचनमा पक्का छु 'बच्चु' हो मेरो नाम
तिमी जे गर तर मैले घात गरेको छैन ।
प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 चैत्र, 2076

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...