Thursday, 11 June 2020

गजल

https://samakalinsahitya.com/index.php?show=detail&art_id=6741

गजल

- डा. बच्चु कैलाश कैनी

आजकल बोलचाल हुन पनि छोडेकोछ
सुनेकोछु तिम्रो मन रुन पनि छोडेकोछ ।

तिम्रो मन र मुटु मबाट टाढिएकोले होला
मेरो सम्झनाले अब छुन पनि छोडेकोछ ।

हाम्रो गाउँघर सबैतिर यस्तै हल्ला छ
आकाशले संगैको जुन पनि छोडेकोछ ।

मेरो मायाको चिनो केही रहेनछ तिमीसंग
सुनें मैले दिएको सगुन पनि छोडेकोछ ।

साह्रै दु:खी भएँ मन रोएको छ बिछोडमा
मेरो मनले शोकमा नुन पनि छोडेको छ ।


डार्टफोर्ड, बेलायत ।
प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...