Thursday, 11 June 2020

गजल

गजल
 - डा. बच्चु कैलाश कैनी

मेरी प्रिय तिमी बाँच मेरो लागि 
सबै मायाप्रेम साँच मेरो लागि

समयले नै हो परिपक्व बनाउँने 
तिम्रो धैर्यता जाँच मेरो लागि

जीवनभर तिमीलाई साथ दिनेछु
खुसीका साथ नाँच मेरो लागि

तिम्रो अघि अरु सब शुन्य हुन्
सबै अवरोध भाँच मेरो लागि

तिमी छौ बहार आउँछ मलाई
दुईमा दुई जोडे पाँच मेरो लागि

जेठ २०७७ (१७ मे २०२०)
डार्टफोर्ड, बेलायत

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...