Thursday, 11 June 2020

गजल

गजल
 - डा. बच्चु कैलाश कैनी

मेरी प्रिय तिमी बाँच मेरो लागि 
सबै मायाप्रेम साँच मेरो लागि ।

समयले नै हो परिपक्व बनाउँने 
तिम्रो धैर्यता जाँच मेरो लागि ।

जीवनभर तिमीलाई साथ दिनेछु
खुसीका साथ नाँच मेरो लागि ।

तिम्रो अघि अरु सब शुन्य हुन्
सबै अवरोध भाँच मेरो लागि ।

तिमी छौ र बहार आउँछ मलाई
दुईमा दुई जोडे पाँच मेरो लागि ।

४ जेठ २०७७ (१७ मे २०२०)
डार्टफोर्ड, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...