Thursday, 11 June 2020

गजल

गजल
डा. बच्चु कैलाश कैनी

तिम्रो मायाको छाप त्यसै खेर गयो।
उमेरमा बैंसको राप त्यसै खेर गयो।

ठान्थें सधैं मायामा सफल हुन्छु
स्यावासीको धाप त्यसै खेर गयो।

दुई जनालाई एकै कित्ता काटेपनि 
हाम्रो प्रेमको नाप त्यसै खेर गयो।

सबै चाहान्थे तिमी मेरो बन्नु पर्छ 
अरुले दिएको चाप त्यसै खेर गयो।

एकतर्फी रुपमा केही हुँदैन प्रेममा
मेरो शक्ति ताप त्यसै खेर गयो।

२९ जेठ २०७७ (११  जुन २०२०)
डार्टफोर्ड, बेलायत।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...