Thursday, 11 June 2020

लघुकथा: रंगको पहिचान

लघुकथा: रंगको पहिचान
डा. बच्चुकैलाश कैनी

'हेल्लो, के छ तिम्रो? तिम्रो कविता पढेर एकदम खुसी लाग्यो मलाई। त्यसैले फोन गरेको मैले तिमीलाई।'

हिजो मात्रै मेरो कविता 'रंगको पहिचान' 'बाह्रखरी' मा प्रकाशित भएको हुनाले यही कविताको संदर्भमा अनुपमासंग कुरा हुँदैछ भन्ने अनुमान लगाउन मलाई गाह्रो परेन। साथै मलाई अर्को कुरा पनि अनुमाग लगाउन गाह्रो परेन। उनीलाई कुन लाईन मन पर्यो र किन यो कविता मन पर्यो। मैले कवितामा दुई लाईन लेखेको थिएँ, 'कालो कालो नै नहुन पनि सक्छ, कालो कहिले सेतो ठहरिन पनि सक्छ।' मेरो कविताको भाव आँखाले देखेजस्तो रंगको रूप हुँदैन भन्ने थियो।

मैले सम्झें, हामी संगै स्कुल पढ्दा अनुपमालाई धेरैले काली अनु भन्ने गर्थे।  काली भए पनि उनी राम्री थिईन। अहिले अनी सफल र नाम चलेकी वकिल छिन। उनको पति राम्रो र असल छन्। मलाई थाहा छ, घर परिवार र पेसा सबैबाट उनी सन्तुष्ट छिन।

अनुपमालाई धन्यवाद दिंदै मैले त्यही केही लाईन फोनमा वाचन गरें।

'कालो कालो नै नहुन पनि सक्छ
कालो कहिले सेतो ठहरिन पनि सक्छ
रंगको पहिचान रंगमा हैन
रंगको पहिचान ढंग, गुण र मनमा हुन्छ
रंगको पहिचान मर्म, धर्म र कर्ममा हुन्छ 
रंगको रूप त केवल आँखाको हेराइ हो
कालो र सेतो त आँखाको ठहराइ हो।'

अनि हामी दुई खित्का छोडेर हान्स्यौ। कुराकानीको अन्त्यमा उनले भनिन, 'मनको कुरा मनले बुझ्ने मान्छे तिमी, धन्यवाद।'  

डार्टफोर्ड, बेलायत। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...