Sunday, 16 August 2020

गीत

 गीत 













- डा. बच्चु कैलाश कैनी 


सारा संसार आफ्नै मान 

अरुको पीडा आफ्नै ठान 

सबको लागि ज्योती छर

आफ्नो मनमा खुसी भर । 


दिलको राजा आफै मान

सत्य जे छ त्यही जान 

जीवन चक्र चली रहन्छ

सुख दुख सबै सहन्छ । 


केही छैन यहाँ लान

असल बन स्वर्ग जान 

जे सोच्यो त्यही हुन्छ

तिम्रो मनले तिम्रै सुन्छ । 


आज जे छ खुसी मान

छैन केही मरी लान 

तिमी सबलाई राम्रो देख

राम्रो मात्रै मनमा लेख । 


३२ साउन २०७७, आइतबार (१६ अगष्ट २०२०)

लन्डन, बेलायत।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...