Wednesday, 12 August 2020

गजल













- डा बच्चु कैलाश कैनी 

मेहेनतले सफल हुने हो काममा विस्वास गर। 

परिश्रम गरी कमाएको दाममा विस्वास गर। 


धेरै छन यहाँ कुरा मात्रै गरेर चर्चा कमाउने  

अरुको हित गरी कमाउने नाममा विस्वास गर। 


भगवान खोज्न अन्त कतै टाढा जानु पर्दैन 

आफ्नै आत्माको पवित्र धाममा विस्वास गर। 


कहिले बादल लागेर झरी पर्छ जिन्दगीमा 

सबैका सूर्य उही हुन घाममा विस्वास गर। 


जहाँ गए पनि दु:ख गरेर जीवन चल्ने हो  

सधैं आफ्नो कर्म गर्ने ठाममा विस्वास गर। 


बुधबार, साउन २८, २०७७ (१२ अगष्ट २०२०)

डार्टफोर्ड, बेलायत।  

1 comment:

  1. सबैका सूर्य उही हुन घाममा विस्वास गर।

    ReplyDelete

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...