Sunday, 6 September 2020

गीत

 गीत

- डा. बच्चु कैलाश कैनी

 

नजाउ प्रिय तिमी बाटो मोडेर

मलाई एक्लै दोबाटोमा छोडेर।

 

दुख सुख दुवै संगै सहने हो

जीवनभर हामी संगै रहने हो।

 

बिछोडले मलाई चोट लाग्छ

जीवनभर पापको खोट लाग्छ।

 

आऊ यो जीवन साथ बिताऊँ

न्यानो अंगालोमा रात बिताउँ।

 

नजाउ प्रिय तिमी बाटो मोडेर

मलाई एक्लै दोबाटोमा छोडेर।

 

१५ भदौ २०७७, सोमबार, ३१ अगष्ट २०२०

लन्डन, बेलायत।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...