Sunday, 6 September 2020

गीत

 गीत

- डा. बच्चु कैलाश कैनी

 

जति हेर्यो हेरुँ लाग्ने आँखा हटेको छैन

तिमीले जे भने पनि माया घटेको छैन।

 

निर्दोष छु केवल मेरो मनले माग्यो

तिमी प्रति मेरो मुटुदेखि माया जाग्यो

जति हेर्यो हेरुँ लाग्ने ….……………

 

मेरी प्रिय तिम्रै आशमा बाँचेको छु

मेरो माया तिम्रो लागि साँचेको छु

जति हेर्यो हेरुँ लाग्ने ….……………

 

हुनेछु तिम्रै मन अन्त कतै जाने छैन

अरु कसैको लागि कसम खाने छैन।

जति हेर्यो हेरुँ लाग्ने ….……………

 

१५ भदौ २०७७, सोमबार, ३१ अगष्ट २०२०

लन्डन, बेलायत।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...