गीत
डा. बच्चु कैलाश कैनी
दिन गयो रात गयो
गको छैन मात
अझै पनि खोज्छ ज्यानले
केवल तिम्रो साथ।
न त मैले बिर्सेकोछु
न त तिमीले बिर्स्यौ
मैले तिम्लाई सबै अर्पें
तिम्ले मलाई अर्पेयौ
दिन गयो रात गयो …………|
सम्हालेर राख्नु पर्छ
पिरतीको फूल
दुवै जना संगै हाँसौ
नगरौ है भूल
दिन गयो रात गयो …………|
७ भदौ २०७७, आइतबार, २३ अगष्ट २०२०
No comments:
Post a Comment