Wednesday, 28 October 2020

कविता: पर्दा पछाडी

 कविता: पर्दा पछाडी 

डा. बच्चु कैलाश कैनी












दुनियाँ अभिनयमा रमेको छ 

पर्दा अगाडी मात्रै हैन 

पर्दा पछाडी पनि जमेको छ

मनासाय एक छ 

देखाउने चाल अर्कै छ

टिक्ने भन्दा बिक्नेको बिगबिगी छ 

क्षणभरमा आफ्नो रंग फेरेको छ  

आजकल सबै तिर 

विज्ञापन कै ब्यापार चलेको छ।  

 

सामाजिक संजालको भेलमा 

समाज रमाएको छ 

पर्दा पछाडीको खेलमा

कोही भन्दा कोही कम छैन 

प्रतिस्पर्धाको कहीं कमि छैन 

देख्ने र देखाउनेको भीडमा 

वास्तवमा एकले अर्कोलाई चिनेको छैन 

अरु के भनुं र खै मैले ?

यहाँ मानवियताको संस्कार नै छैन। 


सत्य, न्याय र निसाफ हरायो 

राजनीतिक खेलको अगाडी 

यथार्थ बोल्ने समाज पनि डरायो 

देख्नलाई सबैले देखेको छ 

जताततै विसंगतीको चांग छ 

भोलिको बाटो अनिश्चित छ 

समाज भने भ्रममा बाँचेको छ 

अध्याँरोमा पनि हाम्रो समाज  

रंगिन चस्मा लगाएर हाँसेको छ। 


सबको एक एक हिसाव लेखेको छ 

पर्दा पछाडी जे जे गरे पनि 

यो समाजले सबै देखेको छ 

सत्य सत्य नै हुन्छ 

असत्य केवल क्षणभर जीवित हुन्छ 

सक्कली र नक्कलीमा फरक हुन्छ 

आफ्नो चालमाल आफैंलाई थाहा हुन्छ 

अरुलाई ढाँटन खोजे पनि 

आफ्नो मन र आत्मालाई ढाँटन गाह्रो हुन्छ। 


१२ कार्तिक २०७७, बुधबार (२८ अक्टोबर २०२०)

लन्डन, बेलायत। 


No comments:

Post a Comment

स्वास्थ्य सेवामा सुधारको सन्देश

  https://swasthyakhabar.com/story/58098 विचार/विश्लेषण स्वास्थ्य सेवामा सुधारको सन्देश स्वास्थ्यखबर बुधबार, कात्तिक ७, २०८१   १४:०३ स्वास्थ...