Wednesday, 18 November 2020
कविता: खुसी
कविता: खुसी
डा. बच्चु कैलाश कैनी
संसार रमाइलो छ मनमा खुसी माने
असन्तोषी र दु:खीको हो हाँसो जाने।
जान्नु पर्छ हाँस्न हरेक दिन पर्व हुन्छ
रमाउन नजाने पर्वमा पनि मर्म हुन्छ।
सबैको मनले हो खुसी हुने र जान्ने
आफ्नै मनले हो संधै सन्तोष मान्ने।
आफ्नो संसार हो आफ्नै हुन्छ मर्जी
अरुको मन आफ्नो लागि हो फर्जी।
आफ्ना आँखाहरु आफैले हो खोल्ने
यहाँ अरु हुन् फगत देखावटी बोल्ने।
मेरो मन मेरो मुटु मेरै छ आफ्नो बाटो
म एक हुँ तर जगतमा धेरै छन् पाटो।
प्रकृति मेरी आमा हुन उनैको छ भर
गर्दिन म मलाई सबै देऊ भन्ने कर।
धन्य छु यही प्रकृतिमा रमाएको छु
खुसी छु आफ्नै बाटो समाएको छु।
३ मंसिर २०७७, बुधबार (१८ नोभेम्बर २०२०)
लन्डन, बेलायत।
Subscribe to:
Post Comments (Atom)
Contact Form
Wikipedia
Search results
घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?
https://www.setopati.com/opinion/381660 घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...
-
म चुप छु | डा. बच्चु कैलाश कैनी म चुप छु म चुप छु डा. बच्चु कैलाश कैनी आजकल मसँग लेख्ने वा बोल्ने शब्दहरु हराएका छन् त्यसैले म चुप छु। नले...
-
बेलायतबाट नेपालका पार्टीले के सिक्ने ? https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...
-
https://www.setopati.com/opinion/381660 घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...
No comments:
Post a Comment