Thursday, 25 February 2021

कविता: रोकेर रोकिंदैन गन्तब्य

 कविता: रोकेर रोकिंदैन गन्तब्य 



















जीवनको लामो यात्रामा
गन्तब्य तय गरेर हिंड्ने हो भने
बाटो खुला छ सबैको लागि
छेकेर छेकिंदैन बाटो
रोकेर रोकिंदैन गन्तब्य ।

जीवनको गति
आफ्नै सुर आफ्नै ताल
संगै हिंड्ने कोहि अघि कोहि पछि
दृढ संकल्पले गन्तब्यमा पुग्ने
अल्छी गरे बाटोमा छुट्ने।

बिकल्पको थुप्रो छ यहाँ
सही र गलतको बिचमा
छनौट आफ्नै हो
आफ्नो जीवन आफ्नै हो
गन्तब्यमा पुग्ने गति पनि आफ्नै हो।

हिंडेर सकिंदैन बाटो
रोजेर सकिंदैन बिकल्प
तोकेर सकिंदैन गन्तब्य
आफ्नो सीमा आफैंले तोक्ने हो
आफ्नो जीवनमा आफैं रमाउने हो।

- डा बच्चु कैलाश कैनी
शुक्रबार, २६ फेब्रुवरी २०२१ (फागुन १४, २०७७)
ललितपुर, नेपाल।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...