Monday, 1 March 2021

कविता: आखिर मन नै हो

कविता: आखिर मन नै हो 

डा. बच्चु कैलाश कैनी 





















मन नै हो कोमल हुने 
एकले अर्कोलाई बुझ्ने 
सुख दुखमा साथ दिने 
आफन्तको पहिचान गर्ने।  

मन नै हो कठोर हुने 
एक अर्कोको दुरी बढाउने
दु:खी भएर रुने कराउने 
आफ्नोलाई अर्को ठान्ने। 

मन नै सलल बग्ने 
अक्सर अस्थिर हुने 
चारै तिर डुल्ने घुम्ने 
संधैं गतिवान हुने। 

मन नै हो भड्किने 
आफैंले आफैंलाई  ठग्ने 
आफ्नो क्षति गराउने 
सधैको लागि पछुताउने। 

मन नै हो सबैसंग लुक्ने 
केवल आफैंलाई थाहा हुने 
अरुले केही भेउ नपाउने 
सधैं सबैसंग अदृश्य हुने। 

मन नै हो अरुले चोर्न खोज्ने 
कसैले सुराकीको लागि 
कसैले मन मुटु जोड्नको लागि 
अनुमानको भरमा बुझ्न खोज्ने।  

मन नै हो अरुलाई विस्वास गर्ने 
मुटुसंग मुटु जोडाउने
मनसंग मन मिलाउने 
सधैको लागि आफ्नो बनाउने।  

आखिर मन त मन नै हो 
नियन्त्रणमा लिए नियन्त्रित हुने 
सबैको लागि भलो सोच्ने 
जीवनको गति र चाल तोक्ने 
सफलताको मार्ग कोर्ने 
जीवनको लक्ष्य प्राप्ति गर्ने  ।  

आखिर मन त मन नै हो 
यसलाई अनियन्त्रित बनाए 
मनमा हजारौं कुरा खेल्ने  
लक्ष्यबाट बिचलित हुने 
जीवनको उद्देश्य बिर्सने 
सबैको लागि हानि गराउने। 

आखिर मन त मन नै हो 
जीवनको अभिन्न अंग हो 
सुख दुखको साथी हो 
आखिर मेरो मन त मेरै हो। 

- डा बच्चु कैलाश कैनी 
१८ फागुन २०७७, मंगलबार (२ मार्च २०२१)
ललितपुर, नेपाल। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...