Tuesday, 4 May 2021

मनको कुरा

 मनको कुरा

डा. बच्चु कैलाश कैनी











साझा छ यो आकाश

साझा छ धर्ति पनि

साझा हो यो जीवन 

साझा छ अस्तित्व पनि। 


जाने बाटो एक हो 

छोडेर यो संसार

बांच्ने साहरा पनि एकै हो 

सहअस्तित्वमा टेकेको यो संसार। 


तेरो मेरो फगत क्षणिक हो

जान्ने बुझ्ने हो भने

सकारात्मक सोचेर जीउने हो

संधै रमाउने हो भने। 


सब हुन मेरो मित्र

आफू असल हुने हो भने

कोही हुन्नन यहां दुष्मन

स्वार्थ त्याग्ने हो भने।  


सब भित्र छन भगवान

जान्ने यो आफैले हो

प्रकृतिमा पनि छन भगवान 

पूज्ने सबैले हो। 


मैले यो कुरा लेखें

मेरो मनको कुरा पोखें

मान्ने नमान्ने कुरा नीजि हो

केवल यो मेरो विचार हो। 


- डा. बच्चु कैलाश कैनी

बुधबार, २२ बैसाख २०७८ (५ मे २०२१)

ललितपुर, नेपाल।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...