Saturday, 5 June 2021

कविता: मायाको आदत


डा. बच्चु कैलाश कैनी 


तिम्रो आँखामा 
मैले छड्के नजर लगाउँदा 
लाजले भुत्तुक्कै हुने तिमी
अहिले तिम्रो ओठमा 
मेरो ओठ मिलाउँदा पनि 
मेरो मायाको आदतले होला 
अझै तिर्सना जाग्ने भएछ। 

तिम्रो कोमल हातमा 
मैले स्पर्श गर्दा 
करेन्टको झट्का 
महसुस गर्ने तिमी 
तिम्रो अंगालोमा  
म पुरै हराउँदा 
मेरो अनन्त साथले होला 
अझै थप स्पर्श चाहिने भएछ। 

तिम्रो यात्रामा 
म टुप्लुक्क झुल्कंदा
झसंग हुने तिमी 
अहिले संगै संधै 
हातमा हात मिलाएर 
निरन्तर यात्रा गर्दा पनि 
मेरो उपस्थितीले होला 
यात्रा कहिल्यै नटुंगीयोस भन्ने 
अपेक्षा हुने रहेछ। 

तिम्रो साथ मेरो लागि 
मेरो साथ तिम्रो लागि 
अनन्तसम्म माया नै माया गर्ने 
एक अर्कोमा संधै समर्पित हुने
अपेक्षा छ तिम्रो म प्रति 
अपेक्षा छ मेरो तिमी प्रति। 

- डा बच्चु कैलाश कैनी 
२२ जेठ २०७८, शनिवार (५ मे २०२१)
ललितपुर, नेपाल। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...