Thursday, 17 June 2021

कविता: रहरहरु हराएका छैनन्


डा बच्चु कैलाश कैनी 




















मन भित्रका धेरै रहरहरु मरेपनि  
तिमी भित्र हराउने रहरहरु 
अझै मरेका छैनन् 
कयौं यात्रा गन्तव्यमा टुंगे पनि 
तिमी संगै हिड्ने रहरहरु 
अझै टुंगेका छैनन्  
रातहरु छिप्पिए पनि 
तिम्रो अंगालोमा बाँधिने रहरहरु  
अझै हराएका छैनन् । 

धेरै कुरा पहिल्यै भए पनि 
तिमीसंग आँखामा आँखा जुधाएर 
हातमा हात समाएर 
लयमा लय मिसाएर 
हाँसोमा हाँसो मिलाएर 
सुख र दु:खका कुरा सुनाएर 
संगै बस्ने, हाँस्ने र बाँच्ने 
रहरहरु अझै जहाँका त्यहीं छन्। 

मौसम खुल्दा 
तिमी संगै घाम तापेको याद आउँछ
मौसमले चुनौती दिंदा 
मौसम खुल्ने प्रतिक्षामा 
तिमीसंगै बसेको याद आउँछ
चिसो होस् या तातो 
दिन होस् या रात 
पलपल हरपल 
तिम्रै याद आउँछ। 

- डा बच्चु कैलाश कैनी 
३ असार २०७८, विहीवार (१७ जुन २०२१)
ललितपुर, नेपाल। 


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...