Sunday, 18 July 2021

गज़ल

गज़ल 
डा बच्चु कैलाश कैनी 












विस्वासको वातावरण तोड्न मन छैन 
अरु कसैसंग सम्बन्ध जोड्न मन छैन। 

तिमी मेरी र म तिम्रो भन्दै आएको छु   
जिन्दगीभर तिमीलाई छोड्न मन छैन। 

रफ्तारमा चलेको छ यो मेरो जिन्दगी 
जीवनको बाटो अन्त मोड्न मन छैन। 

उपहार नै उपहारले भरिएको छ जीवन 
मायाको चिनो मलाई फोड्न मन छैन। 

तिम्रो उपस्थितीले हरियाली छाएकोछ 
जीवन झाडी भए पनि गोड्न मन छैन। 

४ साउन २०७८, सोमबार (१९ जुलाई २०२१)
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...